आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नपुगेको डकुमेन्ट फेरि लिएर आउने छु, भनेर गएका बिचरा हेडसर कहिल्यै फर्किएनन।

  • प्रकाशित मिति : बिहिबार, बैशाख २, २०७८



  • काठमाडौं- गुल्मीको ठुलापोखरा माध्यमिक विद्यालय गुल्मीदरवार गाउँपालिका–७ का प्रधानाध्यापक रामबहादुर खत्री शुक्रबार कक्षा १० सञ्चालनको अनुमति लिन गौडाकोटस्थित गाउँपालिका कार्यालयमा पुगेका थिए ।

    फर्कने क्रममा त्यसै दिन साँझ आफैले चलाएको मोटरसाइकल दु’र्घटनामा उनको नि’धन भयो । राहत शिक्षक खत्रीले २ वर्ष अघिमात्र प्रधानाध्यापकको जि’म्मेवारी सम्हालेका थिए । उनले प्रधानाध्यापकको जिम्मेवारी स’म्हाल्दा उक्त विद्यालयमा कक्षा ८ सम्ममात्रै पढाई हुन्थ्यो ।

    उनले कक्षा ९ को पढाई सञ्चालन गरे । अबको शैक्षिक सत्रसँगै कक्षा १० को पढाई सञ्चालन गराउने योजनामा रहेका उनी शुक्रबार दिउँसो गाउँपालिकामा वडाको सिफारिससहित आवश्यक प्रक्रियाका लागि कागजपत्र बोकेर हिँडेका थिए ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेका अनुसार शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम थियो ।

    कार्यक्रम सकिएपछि शिक्षा शाखामा कक्षा १० सञ्चालन अनुमतिका लागि खत्रीले फाइल पेश गरेको पाण्डेको भनाइ छ ।कक्षा १० को पढाई सञ्चालनका लागि निकै उ’त्साहित भएका खत्रीले आवश्यक प्रक्रिया था’लिसकेका थिए । तर दु’र्भाग्य, उनले विद्यालयमा कक्षा १० को पढाइ सञ्चालन गराइ छा’ड्ने धोको पूरा गर्न पाएनन् ।

    मृ’तक खत्रीका साथी शिक्षक हरिप्रसाद अर्याल उनलाई विद्यालय सुधारमा अ’तुलनीय योगदान गर्ने व्यक्तिका रुपमा सम्झन्छन् । सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण अर्यालले पनि शुक्रबार प्रधानाध्यापक खत्रीसँगै आफू गाउँपालिकामा गएको तर शिक्षा शाखामा फाइल छोड्नका लागि खत्री अलमलिएका कारण आफू घर फर्केको बताए ।

    गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुन्दर चालिसेले ६ बजेतिर आफुलाई प्रधानाध्यापक खत्रीले फाइल बुझाएको तर केही ड’कुमेन्ट अपुग भएका कारण पछि लिएर आउँछु भन्दै हिँडेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij