आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कृषि विकास बैंकका सिइओ अनिल उपाध्यायसहित ६ जनाले कार्यालय भित्रै यौन दुर्व्यवहार गरेको आरोप !

  • प्रकाशित मिति : बिहिबार, बैशाख २, २०७८



  • कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल कुमार उपाध्यायसहित ६ जना उच्च अधिकारी विरुद्ध सामुहिक यौन दुर्व्याबहारको आरोप लागेको छ ।

    कार्यालयमै कार्यरत एक महिला कर्मचारीले सिइओ उपाध्यायसहित उच्च अधिकारी विरुद्ध यौन दुर्व्यबहारको आरोप लगाएकी हुन् ।

    ती महिलाले प्रधानमन्त्री कार्यालयदेखि प्रहरी कार्यालयसम्म उजुरी दिएपनि दर्ता भने नभएको स्रोतले बताएको छ ।

    काठमाडौंको सर्वोच्च अदालत अगाडी रहेको कृषि विकास बैंकको केन्द्रीय कार्यालय रामशाहपथमै २०७६ साल पुस २ गते प्रमुख कार्यकारी अधिकृत उपाध्यायकै कार्यकक्षमा यौन दुर्व्यबहार भएको पीडितले तयार पारेको उजुरीमा उल्लेख छ ।

    सिइओ उपाध्यायले ती महिलामाथि क्षेत्रिय कार्यालय गौशालामा रहँदा समेत पटक पटक यौन हिंसा गर्ने कोशिष गरेको जाहेरीमा उल्लेख छ ।

    ‘विपक्षी अनिल कुमार उपाध्याय त्यस कार्यालयको प्रमुख रहेको बखत मलाई शारीरिक शोषण तथा यौनहिंशा गर्न खोजेकोमा मैले आफ्नो अस्मिता बेचेर काम गर्न नमानेकोले म जाहेरवाला र निज विपक्षी अनिल कुमार उपाध्याय पुन मुख्यकार्यालय सरुवा भए पश्चात पनि म अधिकृत पदको कर्मचारीलाई घरको श्रीमती समानरुपले तिमी भन्दै शब्द प्रयोग गर्ने, रातसँगै बस्नेगरि फिल्ड जाउँ भन्ने घरमा एक्लै भेट्न आउँछु भन्ने, अफिसमा एक्लै बोलाएर लामो समयसम्म राखि महिला हिंसा हुने शब्दहरु प्रयोग गर्ने गरेपनि मैले कुनै प्रस्ताब नमाने पश्चात सन् २०१९/१२/१८ गते करिब १२ बजे उहाँले भने बमोजिम एक्लै उहाँकै कार्यकक्षमा भेट्न जाँदा निवेदन खण्डमा उल्लेखित व्यक्तिहरु जम्मा गरि मलाई नीच रुपमा तिमी धन्दा गर्ने भन्दै यौन दुर्व्यबहार गर्न खोेजेकाले त्यहाँबाट भाग्न सफल भए पश्चात उक्त कार्यालय गएको छैन,’ उजुरीमा भनिएको छ ।

    उक्त घटनापछि आफू भाग्न सफल भएपनि बैंककै मुख्य कार्यालय रामशाहपथमा कामु विभागिय प्रमुख अजय कुमार रिमालले साँझ ६ बजेतिर फोन गरेर ‘म तिमीलाई भेट्न एक्लै आउँछु’ भनेको पीडित महिलाको उजुरीमा उल्लेख छ ।

    महिलाले प्रधानमन्त्री कार्यालयलाई सम्बोधन गरेको उजुरीमा भने आफूलाई यौन दुर्व्यवहार गरेको अडियो समेत उपलब्ध भएको उल्लेख छ । तत्कालिन समयको सिसिटिभी फूटेज समेत मगाएर हेर्न उनले माग गरेकी छिन् । सिइओ उपाध्यायले फोन उठाएनन्

    प्रतिक्रियाका लागि यौन दुर्व्यहारको आरोप लागेका सिइओ उपाध्यायको मोबाइल नम्बरमा पटक पटक फोन गर्दा उनले फोन उठाएनन् । अन्तिम प्रयासमा उनलाई फोन गर्दा उनले फोन काटे । दियोपोस्ट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij