आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

घर निर्माण गर्दा आफ्नो जग्गाको कति प्रतिशत ठाउँ खाली छाड्नुपर्छ ?

  • प्रकाशित मिति : शनिबार, बैशाख ११, २०७८



  • हरेकले घर बनाउँदा भवन निर्माण संहिता अनिवार्य पालना गर्नुपर्ने हुन्छ । सम्बन्धित नगरपालिकाले भवन निर्माणका लागि आ–आफ्नै मापदण्ड बनाएर लागू गरेका छन् । घर बनाउँदा उक्त मापदण्ड पालना नगरेमा नक्सा पास वा भवन निर्माण सम्पन्न प्रमाणपत्र पाइँदैन । घर बनाउँदा ग्राउन्ड कभरेज रेसियो (जीसीआर), फ्लोर एरिया रेसियो (एफएआर) र घरको हाइटको मापदण्ड पालना गर्नुपर्छ । घर डिजाइन गर्नुअघि आर्किटेक्ट इन्जिनियरले पालना गर्नुपर्ने मापदण्ड पनि हो, जीसीआर, एफएआर र ओभरअल हाइट ।
    जीसीआर (ग्राउन्ड कभरेज रेसियो)

    केएसएम सर्भिसेजका सञ्चालक नृपेश  तण्डुकारका अनुसार घर बनाउँदा जीसीआर मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । आफ्नो जग्गामा कति प्रतिशत खाली ठाउँ छाडेर घर निर्माण गर्न पाइन्छ भन्ने नै जीसीआर हो । सामान्यतया घर बनाउँदा जीसीआर न्यूनतम ३० प्रतिशत छाड्नुपर्छ र ७० प्रतिशत क्षेत्रफलमा मात्र घर बनाउन पाइन्छ ।

    ‘कोर शहरी एरियामा ८० प्रतिशतसम्म जग्गा ओगटेर घर बनाउन पाइन्छ,’ उनी भन्छन्, ‘कतिपय ठाउँमा ६० प्रतिशतभन्दा बढी जग्गामा घर बनाउन पाइँदैन । ठाउँ र जग्गाको क्षेत्रफल हेरेर जीसीआर पनि फरक–फरक तोकिएको छ ।’

    उनका अनुसार न्युरोड, असन, इन्द्रचोक, ठमेललगायत कोर सिटी एरियामा पुरानो घर भत्काएर नयाँ बनाउनु परेमा सय प्रतिशत नै जग्गा कभरेज गर्न पाइन्छ । यदि त्यहाँ पनि खाली ठाउँमा घर बनाउनु परे २० प्रतिशत खाली जग्गा छाड्नुपर्ने व्यवस्था छ ।

    ‘कमर्सियल वा रेसिडेन्सियल भवनको पनि जीसीआर फरक हुन्छ,’ उनी भन्छन्, ‘जग्गाको क्षेत्रफलले पनि जीसीआर फरक पर्छ ।  आठ आना जग्गामा आवासीय घर बनाउँदा ७५ प्रतिशतसम्म जग्गा कभरेज गर्न पाइन्छ । आठ आनाभन्दा बढी जग्गा भएमा ६० प्रतिशत जग्गामा मात्र घर बनाउन पाइन्छ ।’

    एफएआर (फ्लोर एरिया रेसियो)

    फ्लोर एरिया रेसियो (एफएआर) भनेको कति क्षेत्रफल जग्गामा कत्रो घर बनाउन पाउने भनेर तोकिएको मापदण्ड हो । एफएआर पनि ठाउँ हेरेर फरक–फरक छ । तण्डुकारका अनुसार धेरैजसो नगरपालिकामा एफएआर १.७५ निर्धारण गरिएको छ । काठमाडौँमा ठाउँ हेरेर २.५, ३.५, ४.५ सम्म तोकिएको छ । ‘कोर सिटी एरिया र रेसिडेन्सियल एरियामा बनाइने घर र  भवनका लागि फरक–फरक एफएआर तोकिएको छ,’ उनी भन्छन् ।

    उदाहरणका लागि एक हजार स्क्वायरफिट क्षेत्रफलमा घर बनाउँदै हुनुहुन्छ र त्यहाँ एफएआर २.५ तोकिएको छ भने तपाईंले आफ्नो जग्गामा १०००×२.५ = २५०० स्क्वायर फिटको घर बनाउन सक्नुहुन्छ । अर्थात्, एक-एक हजार फिटका दुई तला र पाँच सय फिटमा आधा तला गरेर अढाई तले घर बनाउन सकिन्छ ।

    ओभरअल हाइट

    आफ्नो जग्गामा आफूले चाहेजति उचाइको घर बनाउन पाइँदैन । काठमाडौँ महानगरपालिकाभित्र १७ मिटरसम्मको घर बनाउन पाइने व्यवस्था छ । अरू नगरपालिकाका पनि आ–आफ्नै मापदण्ड रहेका छन् ।
    काठमाडौँ महानगरभित्र १७ तलाभन्दा अग्लो भवन बनाउनु परेमा फरक मापदण्ड पालना गर्नुपर्ने तण्डुकार बताउँछन् । भन्छन्, ‘अग्लो घर बनाउँदा चारैतिर जग्गा छाड्नेदेखि भवनको डिजाइनसम्म फरक मापदण्ड पालना गर्नुपर्छ ।’काठमाडौँमा ९.५ फिट उचाइका कोठा बनाउँदा १७ मिटरको मापदण्डभित्र छ तलाको घर बनाउन सकिन्छ । छतमा बनाइने भ¥याङ छोप्ने ठाउँ बनाउँदा १७ मिटरको मापदण्डभित्र राख्नु पर्दैन । तर, त्यहाँ भ¥याङ ढाक्ने ठाउँसँगै कोठा वा बाथरुम पनि निकाल्न भने पाइन्न । भ¥याङ छोप्ने ठाउँसहित अरू कोठा पनि निकाल्ने हो भने १७ मिटरको मापदण्डभित्र रहनुपर्ने तण्डुकार बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij