मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

काेराेना संक्रमित बिरामी बढ्न थालेपछि भेरी अस्पताललाई सहयोग जुट्दै

  • प्रकाशित मिति : आइतवार, बैशाख १२, २०७८



  • Hospital building, medical icon. Healthcare, hospital and medical diagnostics. Urgency and emergency services. Vector illustration in flat style

    लुम्बिनी । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको उपचारमा समस्या देखिएपछि धमाधम सहयोग जुट्न थालेको छ।

    गम्भीर प्रकृतिका बिरामीलाई उपचारमा आवश्यक अक्सिजन ग्यासको समेत अभाव भएको जानकारी हुनासाथ सहयोग जुट्न थालेको हो। सङ्क्रमण अस्वभाविकरुपमा बढ्न थालेपछि कोभिड आइसोलेशनमा श्ययासँगै अक्सिजनको समेत अभाव शुरु भएको थियो।

    गम्भीर प्रकृतिका सङ्क्रमितको उपचारका लागि आवश्यकपर्ने अक्सिजन बाँके क्षेत्र नं २ का सांसद तथा पूर्वशहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले उपलब्ध गराउने छन्। अक्सिजनको कमी हुन थालेको र गम्भीर प्रकृतिका बिरामीको उपचारमा समस्या भइरहेको खबर बाहिर आएपछि उनले पाँच हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउन लागेका हुन।

    आफ्नो निर्वाचन विकास कोषबाट रकमान्तर हुने गरी कोरोना सङ्क्रमितको उपचारका लागि आवश्यकपर्ने अक्सिजन उपलब्ध गराउने निर्णय गरेको राईले जानकारी दिए। कोरोना सङ्क्रमित बिरामीलाई आवश्यक अक्सिजन खरीदका लागि शनिबार राष्ट्रिय युवा सङ्घ बाँकेले भेरी अस्पताललाई रु एक लाख ३२ हजार ७५० हस्तान्तरण गरेको छ।

    अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अक्सिजन खरीदका लागि राष्ट्रिय युवा सङ्घले गरेको रकमले धेरै बिरामीको ज्यान जोगिन सहयोग पुगेको जनाउँदै आभार व्यक्त गरे। उनले उक्त रकम अक्सिजन खरीदमै उपयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

    शुक्रबार मात्रै नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष सफिक वेहनाले बिरामीलाई अक्सिजन खरीदका लागि रु दुई लाख सहयोग गरेका थिए, भने नेपालगञ्जका सामाजिक अभियानकर्मी हेमन्त काफ्लेले सञ्चालन गरेको अभियानअन्तर्गत रु तीन लाख बढी रकम सङ्कलन भएको छ।

    विभिन्न सङ्घ संस्था र मनकारी व्यक्तिको सहयोगबाट तत्कालका लागि बिरामीलाई चाहिने अक्सिजनको अभाव टरे पनि कोभिड अस्पतालमा आवश्यक श्यया र जनशक्ति नहुँदा सबै बिरामीलाई भर्ना गर्नसक्ने अवस्था नरहेको भेरी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताए।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij