आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

रहेनन् सामाजिक अभियन्ता चर्चित फूटबलर भानु बिक्रम राणा

  • प्रकाशित मिति : बिहिबार, बैशाख १६, २०७८



  • तुलसीपुर । तुलसीपुरका सामाजिक अभियन्ता एक चर्चित फूटबल खेलाडी भानु राणाको निधन भएको छ । 

    दाङ जिल्ला फुटबल संघका बरिष्ठ जिल्ला उपाध्यक्ष समेत रहेका राणाको बुधबार उपचारका क्रममा भक्तपुर क्यान्सर अस्पतालमा मृत्यु भएको  पारिवारीक स्रोतले जानकारी दिएको छ । 

    तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गोलौरी निवासी राणा एक चर्चित फूटलर हुन । डिफेन्सबाट खेल्ने राणा, जिल्ला, अञ्चल हुँदै मध्यपश्चिमबाट समेत छनोट भइ राष्ट्रियता प्रतियोगिता खेलका खेलाडी हुन । नेपाल तरुण दलका नेता राणा बिभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध थिए । 

    युवामाझ लोकप्रिय राणालाई फूटबल खेल्दा लागेको चोटका कारण क्यान्सर बल्झिएको एक आफन्तले बताए । गत बर्षदेखि उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

     फुटवल क्षेत्रको एउटा चम्किलो तारा गुमायौं – श्रेष्ठ 
    दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठले बरिष्ठ उपाध्यक्ष भानु राणालाई गुमाउनु पर्दा संघलाई अपुरणिय क्षति पुगेको बताएका छन् ।

    ‘हामीले एउटा असल फुटबल प्रेमी, फुटवल क्षेत्रका एउटा चम्किलो तारा र होनाहार खेलाडी  गुमाएका छौं,’ अध्यक्ष श्रेष्ठले भने ‘जिल्ला फुटबल संघ आफ्नो एउटा बलियो खम्बा र गुमाउनु पर्दा मर्माहत बनेको छ ।’ 

    अध्यक्ष श्रेष्ठले दाङका हरेक फुटबल प्रेमीहरुका लागि यो एउटा निकै अप्रत्यास र दुःखद खबर भएको धारणा राखे । 

    जिल्लाको फुटबल बिकाशमा बरिष्ठ उपाध्यक्ष राणाले एउटा कुशल खेलाडीका रुपमा निर्वाह गरेको भूमिकादेखि संस्थाको बिकाशमा पु¥याएको  योगदान अबिस्मरणिय रहने तर्क गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij