आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

आत्महत्या गर्न हाम्फालेका युवक आफूमाथि खस्दा जमिनमा हिँडिरहेकी युवतीको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १७, २०७८



  • काठमाडौं। आत्महत्या गर्न भनेर ९ तला माथिबाट हाम्फालेका एक युवक आफूमाथि खस्दा जमिनमा हिँडिरहेकी एक युवतीको मृत्यु भएको छ । अमेरिकाको क्यालिफोर्नियाको सान डिएको सहरमा आइतबार आफ्ना प्रेमीसँग हिँडिरहेकी २९ वर्षकी टेलर काहलेमाथि आत्महत्या गर्न हाम्फालेका युवक खसेका थिए ।

    हाम्फाल्ने युवक २० देखि ३० वर्ष उमेरको भएको अनुमान गरिएको छ । उनको पहिचान खुलेको छैन । युवक आफूमाथि खसेपछि काहलेको घटनास्थलमै मृत्यु भएको थियो । हाम्फाल्ने युवकलाई अस्पताल लगिएको थियो तर अस्पताल लगेको केही समयमै उनलाई पनि मृत घोषित गरियो ।

    उनका हाकिम लरेल म्याकफर्लेनले सीबीएस ८ सँग कुरा गर्दै उनकोमा काम गर्ने महिला आफ्ना केटा साथीसँग दोस्रो डेटिङमा गएको बताए । उनीहरु त्यस दिन चिडियाखाना गएका थिए र साँझ डिनरका लागि गएका थिए । म्याकफर्लेनका अनुसार मृतक काहले अंगदाता हुन् र उनले आफ्ना अंग दान गरेकी छिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij