आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

को’रोना बिरामी बचाउने डाक्टर बिबेकले आफैंले गरे त्याग

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २१, २०७८



  • काठमाडौं भारतको राजधानी नयाँ दिल्लीमा एक जना डाक्टरले देह त्याग गरेका छन्। दिल्लीको साकेतस्थित म्याक्स अस्पतालको कोरोना वार्डमा खटिएका ३५ वर्षीय डाक्टर विवेक रायले देह त्याग गरेका हुन्।
    कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएपछि विवेक निकै त ना वमा रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। दिल्ली प्रहरीले विवेकलाई साडीको सहायताले पंखामा झुन्डिएको अव स्थामा फेला पारेको थियो। प्रहरीले रायको कोठामा सुसाइड नोट पनि फेला पारेको छ।

    नोटमा उनले आफूखुसी देह त्याग गरेको उल्लेख गर्नुका साथै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन्। डा. राय पछिल्लो एक महिनादेखि कोभिड वार्डमा काम गरिरहेका थिए। भारतीय मेडिकल एसोसिएसनका पूर्व निर्देशक डा. रवी वानखेडकरले विवेक सक्षम डाक्टर भएको र उनले महामारीको समयमा सयौंको ज्यान बचाएको बताएका छन्।

    ‘कोरोेनाका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि विवेक डिप्रेसनमा गएका थिए। महामारीबाट आजित भएका उनले जीवन समाप्त पार्ने निर्णय गरे। डा. वानखेडकरले भनेका छन्। यो घटनाले स्वास्थ्यकर्मीमा थप निराशा बढेको भन्दै उनले भारतमा खराब विज्ञान, खराब राजनीति र खराब शासन भएको टिप्पणी गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij