आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

  • प्रकाशित मिति : बुधबार, बैशाख २२, २०७८



  • दाङ । दाङको घोराही–मुर्कुटी सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिपमा सवार दुईजना घाइते भएका छन् ।

    बा १३ च ८०४८ नम्बरको स्कारपियो जिप गएराति घोराही उपमहानगरपालिका वडा नं. ४ को उर्लेकेनी ओरालोमा दुर्घटना हुँदा चालक विष्णु गिरीको मृत्यु भएको हो ।

    घोराही उपमहानगरपालिका वडा नं. १६ का २८ वर्षीय गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

    दुर्घटनामा तुलसीपुर उपमहानगरपालिकाका बसन्त भण्डारी र राजकुमार थापा घाइते भएका छन् । घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

    राति दुर्घटना भएकाले कसैले थाहा नपाएको र बुधबार बिहान देखेपछि मात्रै घाइतेहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij