प्रकाशित मिति : बुधबार, बैशाख २२, २०७८
सागर ओली,तुल्सीपुर । दाङको तुल्सीपुरमा केही समाजमा सकारात्मक सोचका ब्यक्तित्वहरुको र ब्याबसायीहरुको पहलमा १५० वटा सीलीण्डर ब्यबस्थापन गर्ने पहल भैरहेको छ। कोरोनाको दोस्रो लहरको महामारी यत्रतत्र छ ।
अहिले सबै भन्दा ठूलो राहात मानवीय सुरक्षा बनेको छ । मानवीय सेवा र सुरक्षा भनेकै अहिलेको अवस्थामा अक्सिजन (प्राण वायु) को सहजता हो ।
संक्रमित विरामीका लागि यो अनिवार्य भएको छ भने, अर्काेतिर अक्सिजन अभाव पनि त्यति कै छ । धेरै विरामीहरु अक्सिजनको अभावले मृत्युवरण समेत गर्नु परिरहेको छ । त्यस कारण अहिलेको सबै भन्दा ठूलो राहात अक्सिजन नै भएको छ ।
यहि अवस्थालाई हेरेर पहिलो चरणमा हा्रमा्रे संस्थाले पनि १५० सिलिन्डर अक्सिजन स्थानीय सरकार र कोरोना अस्पताललाई उपलब्ध गराउने तयारी गरेको हुँदा संस्थासंग आबद्ध इच्छुक महानुभावहरुले सक्दो सहयोग गर्न अनुरोध छ ।
सबैजनासंग फोन सम्पर्क हुन नसकेका कारण अध्यक्षज्यूको निर्देशन अनुसार यो सूचना सार्वजनिक गरिएको छ । रकम संकलन हुने क्रम सुरु भएको छ ।
अहिले सम्ममा निम्न व्यक्तिहरुबाट उल्लेखित रकम प्राप्त भएको छ ।
१) जनकप्रसाद खराल रु ५१,००५। २) दिपु गिरी रु ५१,००५। ३) गेहेन्द्र कुमार गिरी रु ५१,००५। ४) गोकर्ण प्रसाद गिरी रु ५१,००५। ५) होमप्रकाश गौतम रु ५१,००५। ६) प्रदेश टुडे दैनिक रु ५,००५।
यसैगरी करिव १५० अक्सिजन सिलिन्डरको व्यवस्था मिलाउन पर्यो, भर्दा लाग्ने रकम हामी व्यवस्था गर्छौ ।
एउटा निसुल्क एम्बुलेन्स ३ नं क्षेत्र भित्र चलाउने तयारी गर्दै छौ र यो कार्यक्रम तुलसीपुर प्रजातान्त्रिक उद्योग व्यवसाई संघ तथा सम्पुर्ण कांग्रेसप्रति निष्ठावान् भातृ संघ तथा शुभेच्छुकहरुको पहलमा हुन गईरहेको छ ।
अहिलेको समस्याको बिषयमा केन्द्र सरकार,प्रदेश सरकार र स्थानीय सरकारको लापरबाही र ढिलासुस्तीले गर्दा समाजका जिम्मेवार ब्यक्तित्वहरुको टाउको दुखाईको बिषय बनेको हो, राज्य चलाउनेहरुले समयमा ध्यान नदिए ठुलो मुल्य चुकाउनु पर्ने निश्चित छ समय आउँदै छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij