आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

अख्तियारका पूर्वप्रमुख बस्न्यातलाई पाँच लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश (आदेशसहित)

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २४, २०७८



  • काठमाडौं, बैशाख २४ । सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    शुक्रबार न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्नेतलाई पाँच लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।
    सर्वोच्चमा बस्न्यातले बैशाख १७ गते हालेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै अदालतले रिहा गर्न आदेश दिएको हो ।

    तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजान फाइल उठाएको भन्दै अख्तियारले आफ्नै पूर्वप्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो ।

    अख्तियारले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित ११० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    अख्तियारका पूर्वप्रमुख बस्न्यातलाई पाँच लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश (आदेशसहित)
    अख्तियारका पूर्वप्रमुख बस्न्यातलाई पाँच लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश (आदेशसहित)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij