आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरोना संक्रमितलाई अक्सिजन किन्न हाँस्यकलाकार राजारामले दिए एक लाख

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २, २०७८



  • कोरोना संक्रमितको उपचारका लागि सिलिन्डर र अक्सिजनको अभावलाई मध्यनजर गर्दै  हाँस्यकलाकार राजाराम पौडेलले एक लाख सहयोग गरेका छन् । उनले अक्सिजन जोहोमा लागि भन्दै महावीर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई उक्त रकम प्रदान गरेका हुन् ।

    पौडेलले पुनलाई सम्पर्क गरेर आफू पनि आमजनता बचाउने अभियानमा सहयोगी बन्ने भन्दै उक्त रकम आविस्कार केन्द्रको बैंक खातामा जम्मा गरिदिएका हुन् । जसको जानकारी पौडेलले सामाजिक संजाल मार्फत दिएका छन् ।

    ‘कोरोनाको कारण धेरै नेपाली दाजुभाइ, दिदीबहिनीहरुले ज्यान गुमाइरहनु भएको छ । पैसाको कारण भन्दा पनि अक्सिजन नपाएको कारणले धेरैको ज्यान गइरहेको छ’ पौडेलले अगाडि लेखेका छन्, ‘मस्तिष्कमा लाग्यो पैसाले स्वास फेर्न सकिँदो रहेनछ, स्वास फेर्न अक्सिजन नै चाहिंदो रहेछ । त्यसैले अक्सिजनको व्यबस्था गर्न बिस्वासिलो र आफ्नो सम्पूर्ण जीवन समाज सेवामा अर्पण गर्नू भएका डा. महावीर पुनको संस्था ‘राष्ट्रिय आविस्कार केन्द्र’लाई आफूले सकेको सहयोग अर्पण गरेको छु ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij