प्रकाशित मिति : सोमवार, जेष्ठ ३, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ मन्त्रालयको डाटाका अनुसार बिस्तारै सक्रमीतको संख्या घट्दो छ ।।
आइतवार २४ घण्टामा सात हजार ३१६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ५३९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
नेपालमा संक्रमितको संख्या क्रमशः घट्दो क्रममा रहेको छ । यस्तै मृतकको संख्या पनि घट्दो क्रममा रहेको छ भने निको हुने दर बढ्दै गएको देखिएको छ ।
महामारी दोस्रो लहर बढ्दै गएपछि काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्ला निषेधाज्ञा लगाइएसँगै संक्रमित हुनेको दर घट्दै गएको देखिएको हो ।
यस्तै मृत्यु दर पनि पनि घटेको छ । पीसीआर परीक्षण गर्दा केही दिन यता सरदर ४५ प्रतिशत रहेकोमा आज ३७।४ प्रतिशत मात्र संक्रमित देखिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा, छ हजार ६४८ जनाले रोग जितेका छन् । सोही अबधिमा १४५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ६०९ जना संक्रमित भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी दुई हजार ६०९ जनामा पुष्टि भएको छ । आइतबार देशभरमा भने सात हजार ३६८ जनामा पुष्टि भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij