प्रकाशित मिति : शुक्रबार, जेष्ठ ७, २०७८
सागर ओली,दाङ। संसारभरि कोरोनाले आम सर्बसाधारणलाई देखि महलमा बस्नेहरुलाई समेत अकल्पनीय दु:ख दिएर बाँच्न नै गार्हो अबस्थामा पुगेको छ, त्यस्तो संबेदनसिल अबस्थामा राज्य चलाउनेहरुलाई कुर्सीको लडाइँ लड्ने फुर्सद बाहेक अरु कामगर्ने फुर्सद छैन।दैनिकी सयौंको संख्यामा देश भरी मान्छेहरुले ज्यान गुमाईरहेका छन्।
यस्तो संकटग्रस्त अबस्थामा संबेदनसिल हुँदै तुल्सीपुर क्षेत्रका युवाहरूले विभिन्न ब्यक्तित्वहरुसंग आर्थिक संकलन गर्दै बिपन्न बर्गको घर घरमा पुग्दै राहत बाड्न थालेका छ्न। तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ६ निवासी नेपाल विद्यार्थी संघका जिल्ला कोषाध्यक्ष अरुण लहरैको नेतृत्वमा यस्तो काम गरिएको हो।
यस्तो एकातिर भोक र अर्को तिर रोगको लडाईमा कसैको जिवन भन्दा अमुल्य यो दुनियाँमा अरु केहि छैन ।
त्यसैले कोभिड -१९ का कारण दैनिक गुजारा गर्न गार्हो भईरहेका दैनिक ज्याला मजदुरी गर्ने श्रमिक वर्गहरुका लागि शुरूवात गरिएको, यो अभियानमा आज तुल्सीपुर उपमहानगरपालिका ७ गणेशपुरमा विपन्न परिवार र तुलसीपुरमा एक बिद्यार्थीलाई सहयोग गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका ७ मा रहेको बसन्त वि. क. को परिवारको आर्थिक स्थिति निकै कम्जोर भएकोले र हालसालै कोरोनाका कारण परिवार कै एक सदस्यको निधन भएको थियो।
यो कठिन परिस्थितिमा यो समुहको सानो सहयोग स्वरुप दाल, चामल, नुन तेल लगायतका सामाग्री प्रदान गरेको कुरा यस अभियानका संयोजक अरूण लहरे जानकारी दिनु भएको छ ।

त्यसैगरि सल्यान स्थायी ठेगाना भई हाल राप्ति ववई क्याम्पस तुलसीपुरमा कक्षा १२ मा अध्यनरत युवा गणेश के सी लाई अति आवश्यक सामाग्रीहरु दाल, चामल, नुन, तेल लगायतका सामग्री बितरण गरिएको संयोजक लहरैले जानकारी दिनुभएको छ।
यो अभियान चलाउने समुहलाई नेपाली काङ्ग्रेस दाङका नेता एबं पुर्ब पार्टी सभापति गेहेन्द्र गिरिले र ने वि संघ दाङका अध्यक्ष राजकुमार डागीले विशेष धन्यवाद दिनुभएको छ। साथै दाङ जिल्ला भर सहयोग चाहिने व्यक्तिले संयोजक अरूण लहरेलाई संपर्क गर्न आग्रह गर्नुभएको छ। मोवाइल नं ९८५७८२३९२४ मा सम्पर्क गर्न सक्नु हुने छ ।
त्यसैगरी विभिन्न सहयोगी मनहरुको नाम र रकम यस्प्रकार छ।
१.नारायण भट्टराई-२०००।
२.उज्ज्वल बस्नेत -११११
३.कैलाश चन्द – २०००।
४.बिनोद कडेल- २५००।
५.मोहन बस्नेत – ५००।
६.जीत बहादुर के सी – २५००।
७.डम्बर डाँगी- २०५५।
८.नीमराज धीताल – ५१०५।
९.दल्जीत परियार- २००१।
१०.शुष्मा लामिछाने गिरि – २१००।
११.केशव भण्डारी – १००५।
१२.राजीब पाण्डे – ५०५०।
१३.राज चौधरी – १३५५।
१४.प्रकाश बिक – १०००।
१५.अनिल कर्माचार्य – २५००।
जम्मा ३१७८२।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij