आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

थप १५० भन्दा बढी आरोही पुगे सगरमाथाको चुचुरोमा

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ९, २०७८



  • काठमाडौं । शनिबारबाट मौसममा सुधार भएसँगै सगरमाथा आराहण धमाधम भइरहेको छ । पर्यटन विभागबाट खटिएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार शनिबार राति नै चुचुरोतर्फ लागेका थिए । त्यसमध्ये १५० भन्दा आरोहीले चुचुरो चुमिसकेको खबर आएको उनले जानकारी दिए ।

    ‘यो पाली ठूलो टोली गएको छ, संख्या यकिन भइसकेको छैन, उनले भने, ‘१५० भन्दा बढीले चढिसकेका छन्, थप आरोही माथि जाँदैछन् ।’

    श्रेष्ठका अनुसार आइतबार सगरमाथाको मौसम राम्रो छ । सोहीकारण आरोहीलाई सहज समेत भएको छ ।

    आरोहण सकिएपछि यो टोली तल झर्नेछ । त्यसपछि पुनः अर्को टोलीले भने आगामी साता मात्र आरोहणको योजना बनाउने छ । आजपछि अब २८/२९ तारिखमा मात्र मौसम अनुकुल हुने श्रेष्ठले जानकारी दिए ।

    ल्होत्सेमा तीन भारतीयसहित ७ आरोहीको सफल आरोहण

    ल्होत्से हिमाल (८५१६ मिटर)मा तीन जना भारतीयसहित ७ आरोहीले सफल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक प्रालिका अनुसार यो टोलीले साढे ६ देखि साढे ९ बजेको बीचमा चुचुरो चुमेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij