आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

दूरगामी निर्णय नलिन सरकारलाई देउवाको खबरदारी

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १३, २०७८



  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दूरगामी प्रकृतिका निर्णय नलिन सरकारलाई आग्रह गरेका छन् । वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा रहेको र संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णयहरु लिइरहेको उनको आरोप छ ।

    बिहीबार वक्तव्य जारी गर्दै देउवाले भनेका छन्, ‘सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न सरकारलाई खबरदारी गर्दछु ।’ सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरुलाई दुरुपयोग हुनबाट अलग रहन ध्यानाकर्षण गराएका छन् ।

    उनले आफ्नो सम्पूर्ण ध्यान कोभिड–१९ को रोकथाम तथा उपचारमा केन्द्रित गर्न र निषेधाज्ञाको मारमा परेका निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीविहरुको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

    उनले हालै मात्र कांग्रेसको तर्फबाट प्रधानमन्त्रीलाई बुझाएको १५ वुँदे ज्ञापनपत्रलाई गम्भीरताका साथ लिन माग गरेका छन् ।

    कोरोना खोपको तत्काल आपूर्ति गर्न, देशभर आवश्यकता अनुसार आईसीयू वेड र अक्सिजनको व्यवस्था माग गर्दै उनले भनेका छन्, ‘देशको हरेक गाउँ/नगरपालिका र वडा तहसम्म पिसिआर परीक्षणको व्यवस्था गर्न माग गर्दछु ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij