आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सगरमाथामा आजकै दिन बनेको थियो इतिहास तर विश्वले थाहा पाउन ४ दिन लाग्यो

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १६, २०७८



  • काठमाडौं। २९ मे १९५३ को दिन दिउँसो ११ बजेर ३० मिनेटको समय । नेपाली आरोही तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका आरोही एडमण्ड हिलारी यही मिति र समयमा सगरमाथाको शिखरमा पुगेका थिए । सगरमाथाको शिखरमा मानव पाइला परेको त्यो पहिलो पटक थियो । सगरमाथामा त्यो दिन इतिहास त बन्यो तर विश्वको सर्वोच्च स्थानमा बनेको यो अद्भूत इतिहासबारे विश्वले थाहा पाउन भने अझै ४ दिन पर्खिनुपरेको थियो ।

    यो घटनालाई विश्वले ऐतिहासिक उपलब्धीको रुपमा स्मरण गरिरहन्छ । आज यो इतिहास बनेको ६८ वर्ष पूरा भएको छ । यो अभियान बेलायतले संचालन गरेको थियो । विश्वले यो ऐतिहासिक उपलब्धीको जानकारी ४ दिनपछि २ जूनका दिन मात्र पायो । जुन दिन विश्वले सगरमाथामा पहिलो पटक मानव पाइला परेको जानकारी पायो त्यही दिन बेलायतले पनि औपचारिक रुपमा नयाँ महारानी पायो । त्यस दिन अर्थात २ जूनका दिन बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राज्याभिषेक थियो ।

    ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा विश्वको सर्वोच्च शिखर हो । निकै चिसो मौसम, सीधा चढाइ र हिउँको तुफानका कारण यो शिखरमा पुग्ने कैयौं प्रयासपछि पनि कोही मानिस पुग्न सकेका थिएनन् । १९२१ मा बेलायतले नै एक अभियान अन्तर्गत पर्वतारोहीको एक दल सगरमाथामा पठाएको थियो तर एक भयानक हिउँको तुफानले यो दलको बाटो रोकिदियो । पूरै दल मिशन अधुरै छोडेर फर्कियो । यो प्रयासले सफलता त पाएन तर दलमा सहभागी जर्ज ले मेलरीले आरोहणको प्रयासका क्रममा शिखरसम्म पुग्ने केही सजिलो बाटो देखेका थिए ।

    अर्को वर्ष मेलरी फेरि सगरमाथा आरोहण गर्न गए । यस पटक उनी २७ हजार फिटको उचाइसम्म पुगे तर फेरि मौसमले साथ दिएन । यसैगरी सगरमाथा आरोहण गर्ने प्रयास जारी रहे । १९५२ मा तेन्जिङ नोर्गे २८ हजार २१० फिटको उचाइसम्म पुगेका थिए तर अझै पनि शिखर टाढा नै थियो । अर्को वर्ष बेलायतले कर्णेल जोन हन्टको अगुवाइमा एक दल सगरमाथामा पठाउने तयारी गर्यो । तेन्जिङ नोर्गे र एडमण्ड हिलासी यो दलका सदस्य थिए । यो दललाई पूरै तयारीका साथ सगरमाथा आरोहणका लागि पठाइयो ।

    १९५३ को अप्रिलमा दलले आरोहण सुरु गर्यो । यो दल २६ हजार फिटको उचाइसम्म पुगेको थियो । अगाडिको बाटो अझै कठिन थियो । २६ मेमा दलका सदस्यहरु चार्ल्स इभान्स र टोम बोर्डिलनले अन्तिम आरोहण सुरु गरे । शिखरभन्दा करिब ३ सय फिट तल पुग्दा अक्सिजन मास्कमा खराबी आएपछि उनीहरु फर्किनुपर्यो ।

    २८ मेका दिन तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले आरोहण सुरु गरे । दिनभर आरोहणपछि उनीहरुले २७ हजार ९ सय फिटको उचाइमा हिउँको तुफान र चिसोमै रात बिताए । बिहान फेरि आरोहण सुरु गरे । बिहान ९ बजेसम्म उनीहरु उत्तरी चट्टानसम्म पुगेका थिए । यी दुई आरोही र सगरमाथाको शिखरबीच अब ४० फिट अग्लो हिउँको चट्टान उभिएको थियो । हिलारी डोरीको सहयोगमा चट्टानको बीचको एक दरार हुँदै माथि गए । उनले त्यहाँबाट डोरी फ्याँके । तेन्जिङले त्यही डोरी समातेर माथि गए । बिहान साढे ११ बजे उनीहरु विश्वको सर्वोच्च शिखरमा थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij