प्रकाशित मिति : आइतवार, जेष्ठ १६, २०७८
सागर ओली,काठमाडौ। रारा मानवीय तथा वातावरणीय स्रोत बिकास प्रयास (रेरी बाँके)काे आयाेजनामा भेरी अस्पताल नेपालगंजमा उपचाररत काेभिड संक्रमित बिरामी तथा कुरुवाकाे सुविधालाई ध्यान दिएर निसुल्क स्वस्थ र अर्गानिक नास्ताकाे निम्ति मिति २०७८/२/१६ देखि खाजा बैक सञ्चालमा ल्याउने जमर्को गरेकाे छ ।

यस अभियानमा विभिन्न संघसंस्था, दातृनिकाय, तथा बैयक्तिक रुपमा साथ सहयाेगकाे अपेक्षा पनि गरेको यस संस्थाका कार्यक्रम संयोजक मनोज पौडेलले जानकारी दिनुभयो ।
रेरी-बाँकेले कोभिड महामारीको पहिलो चरणदेखि नै यस विषम परिस्थितिसंग जुध्न स्वास्थ्य सामाग्री वितरण, अलपत्र परेकालाई खाना तथा यातायात, बिपन्नलाई रासन, स्वास्थ्य संस्थामा जनशक्ति सहयोग तथा व्यवस्थापन गर्दै आईरहेको छ ।
\
यसका साथै भेरी अस्पतालमा मिति २०७८ जेठ १६ देखि भेरी अस्पतालको समन्वयमा तिनजना सरसफाइ कर्मचारी र एकजना स्वास्थ्य-स्वयंसेवक कारितास जर्मन र कारितास नेपालको साझेदारीमा नियुक्त गर्ने भएको छ।

कोभिड-१९ संग लड्न बाँके लगायत दाङ, सल्यान, बर्दिया र कैलाली जिल्लाका केही सामुदायिक तथा सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री बितरणको योजना रहेको यश संस्थाका अध्यक्ष पुनित बिक्रम शाहले जानकारी दिनुभयो।

रेरी बाँके करिब २० बर्ष देखि पश्चिम नेपालमा मानवीय संसाधन बिकास, अपाङ्ग हकहित, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, जिबिकोपार्जन तथा जनस्वास्थ्य सुधारको क्षेत्रमा एक अग्रणी संस्थाको रुपमा परिचित छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij