प्रकाशित मिति : सोमवार, जेष्ठ १७, २०७८
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आगामी वर्षको बजेटले निजी क्षेत्रका अधिकांस माग सम्बोधन गरेको प्रतिक्रिया दिएका छन्।
नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा बोल्दै कोरोना महामारीपछिको अअवस्थामा आर्थिक पुनरुत्थानका लागि ल्याइएका राहत कार्यक्रम सकारात्मक भएको बताए।
बजेटबाट सम्बोधन भएपनि यसको कार्यान्वयनका लागि सरकारले कुनै कसर बाँकी राख्न नहुने उनको भनाई छ।
उक्त कार्यक्रममा बोल्दै मल्ले सरकारले करको दायरामा ल्याउनुपर्ने क्षेत्र छुटेको बताए। पछिल्लो समय सेयर बजारको कारोबारबाट सरकारले यथेष्ट राजस्व संकलन गरेपनि त्यस्तै प्रकृतिको कारोबार गर्ने अझ बढी आम्दानी गर्ने घरजग्गा कारोबार करको दायरा बाहिर रहेको उनको भनाइ छ।
‘घरजग्गा कारोबार गर्नेले लाखौ करोडौं कमाउछन्। तर उनीहरु करको दायरमा छैनन्। जसरी सेयर बजारको कारोबार संस्थागत रुपमा मात्र हुन्छ त्यसैगरी घरजग्गालाई पनि दायरामा ल्याइनुपर्छ’ उनले भने।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij