सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

निषेधाज्ञाले डायलाइसिसका बिरामी समस्यामा, सवारी नभएपछि बिरामीलाई बोकेरै अस्पताल लैजानुपर्ने बाध्यता

  • प्रकाशित मिति : सोमवार, जेष्ठ १७, २०७८



  • तनहुँ । तनहुँको दमौली अस्पताल परिसरमा रहेको सत्रुघन मन्जुश्री डायलाइसिस युनिटमा उपचारका लागि टाढाटाढाबाट बिरामीहरु आउने गर्दछन् । तर कोभिड– १९ का कारण पछिल्लो निषेधाज्ञाले उनीहरुलाई डायलाइसिस गराउन समस्या भएको छ ।

    सबैभन्दा बढी ग्रामीण क्षेत्रका बिरामी समस्यामा परेका छन् । रिसिङ गाउँपालिका– १ कोइदिमका तिलबहादुर थापा प्रत्येक बिहिबार र सोमबार श्रीमतीलाई डायलाइसिस गराउन दमौली अस्पताल ल्याउँछन् । निषेधाज्ञाका कारण गाउँबाट श्रीमती मिनमाया थापालाई तीन घण्टाभन्दा बढी बोकेर हिँड्नु परेको तिलबहादुर थापाले बताउनुभयो ।

    ग्रामीण क्षेत्रमा भनेको समयमा एम्वुलेन्स नपाइने हुँदा अधिकांशले बिरामीलाई बोकेर ल्याउनुपर्ने बाध्यता छ । बन्दीपुर गाउँपालिका– ५ कलचोकबाट आएका लिलाबहादुर मगरले आफ्नो घरमा सवारी साधन नभएकाले छिमेकीको मोटरसाइकलमा पेटोल हालेर डायलाइसिस गराउन आएको बताउनुभयो ।

    सवारीसाधन रिजर्भ गर्दा महंगो पर्ने भएकाले आर्थिकस्तर कमजोर भएकाहरु बढी मारमा परेका हुन् । दमौली अस्पताल परिसरमा रहेको सत्रुघन मन्जु डायलाइसिस युनिटमा सेवा लिन तनहुँसहित गोर्खा, लमजुङ, स्याङजाबाटसमेत बिरामी आउने गर्दछन् ।

    बन्दका कारण वृद्धवृद्धालाई बढी समस्या हुने गरेको छ । अहिले ६० जना बिरामीले डायलाइसिस गरिरहेको सत्रुघन मन्जु डायलाइसिस युनिटका इन्चार्ज शैलेन्द्र पण्डितले बताउनुभयो । कोरोनाको महामारी फैलिँदै गएपछि गरिएको निषेधाज्ञाले आर्थिक अवस्था कमजोर भएका डायलाइसिसका बिरामीलाई पीडामाथि पीडा थपेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij