आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वडाध्यक्षमाथि प्रहरीले दुर्व्यवहार गरेको विराेधमा घोराहीका सबै वडा कार्यालय बन्द

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १९, २०७८



  • घोराही उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रमेश पाण्डेमाथि प्रहरीले गरेको दुर्व्यवहारका विरुद्ध घोराहीका सबै वडा कार्यालय एक दिनको लागि बन्द गरिएका छन्।

    बिरामीको लागि अक्सिजन सिलिण्डरको जोहो गर्न स्कुटर चलाएर एक्लै गइरहेका वडाध्यक्ष पाण्डेलाई मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय अगाडि प्रहरीले दुर्व्यवहार गरेको भन्दै घोराहीका सबै वडा कार्यालय बुधबार बन्द गरिएका छन्।

    घोराही उपमहानगरका प्रवक्ता तथा घोराही १८ का वडाध्यक्ष भरत अर्यालले प्रहरी दुव्र्यवहारको बिरोधमा उपमहानगरका सबै वडा कार्यालय बन्द गरिएको जानकारी दिए।

    ‘अगाडि कार्ड झुण्ड्याएर महामारीको समयमा खटिएका वडाध्यक्षलाई एउटा प्रहरी निरीक्षकले जसरी दुर्व्यवहार गरे त्यो राम्रो भएन,’ अर्यालले भने ‘ नयाँ आएका प्रहरी निरीक्षकसँग वडाध्यक्षको चिनजान थिएन भन्दैमा परिचय पत्र हेरेपछि त्यही अनुरुप ब्यबहार हुनुपर्दैन? त्यस्तो अभद्र प्रहरीको व्यबहार सच्चिनुपर्छ भन्ने हाम्रो माग हो।’

    प्रहरीलाई लाइसेन्स, स्कुटरको आवश्यक कागजात र वडाध्यक्षको परिचय पत्र देखाउँदा देखाउँदै पनि स्कुटर नियन्त्रणमा लिएर राखेको पाण्डेले बताएका छन्।

    ‘मैले आफ्नो परिचय पत्र दिँदा पनि प्रहरीले पास माग्यो,’ पाण्डेले भने ‘ मलाई एक जना बिरामीको लागि अक्सिजन खोज्नु निकै हतार थियो, मेरो स्कुटर लगेपछि मैले अर्को मोटरसाइकल मागेर अक्सिजनको खोजीमा गएको हुँ।’

    घटनापछि वडाध्यक्ष पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन् ‘पुलिस मेरो साथी हैन, हिजोको घटनाले मलाई आभास भयो, पुसिल कहिले पनि जनताको हुन सक्दैन रहेछ।’

    वडाध्यक्ष पाण्डे कोरोनाबाट मृत्यु भएकाहरुको शव ब्यबस्थापन समितिका संयोजक पनि हुन्। कोरोना महामारीको समयमा बिरामीको सेवामा रातदिन सक्रिय रुपमा खटिएका पाण्डेमाथि भएको ब्यबहारको चौतर्फी आलोचना भएको छ। नेपाली काँग्रेस दाङका सचिव शंकरप्रशाद डाँगी लगायत विभिन्न संघ संस्थाहरुले घटनाको विरोध जनाएका छन्।

    नयाँ प्रहरी अधिकारीले वडाध्यक्ष चिनेनन्- एसपी चन्द
    घटनाबारे बुझ्न खोज्दा जिल्ला प्रहरी प्रमुख (एसपी) गणेश चन्दले नयाँ प्रहरी अधिकारी सवारी चेकजाँचमा खटिएको हुँदा वडाध्यक्षलाई नचिनेर समस्या उत्पन्न भएको बताएका छन्।

    ‘सवारी चेकजाँचमा खटिएका नयाँ प्रहरी अधिकारीले वडाध्यक्षलाई चिनेनछन् र उनले पास मागेछन्,’ एसपी चन्दले भने ‘त्यतिकैमा वडाध्यक्षज्यू स्कुटर छोडेर गएको भन्ने मलाई रिपोर्टिङ छ।’

    आफूले वडाध्यक्षलाई फोन गरी ती प्रहरी अधिकारीको तर्फबाट माफी माग्दा समेत स्कुटर लिन नआएको एसपी चन्दले बताए। ‘ आज त वडाध्यक्षज्यूले मेरो फोन पनि उठाउनु भएको छैन,’ उनले भने ‘वडाध्यक्षज्यू जस्तो ब्यक्तिले यो विषयलाई ठूलो बनाउनु हुन्न भन्ने मेरो आग्रह छ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij