आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्वकप छनोट फुटबलमा नेपालले सोमबार जोर्डनसँग खेल्दै

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २१, २०७८



  • काठमाडौं, जेठ २१ । विश्वकप र एसिया कप फुटबलको छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले जेठ २४ गते सोमबार जोर्डनसँग खेल्दैछ ।

    पहिलो खेलमा नेपाल जोर्डनसँग उसकै भूमिमा ३/० ले पराजित भएको थियो ।

    घरेलु मैदानमा खेल्नुपर्ने खेल कोरोना भाइरसको महामारीका कारण नेपालले कुवेतमा खेलिरहेको छ । नेपालले समूहको अन्तिम खेलमा २८ गते शुक्रबार अष्ट्रेलियासँग खेल्नेछ ।

    पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग ५÷० ले पराजित भएको थियो । यसअघि गएराति भएको खेलमा नेपालले चाइनिज ताइपेइलाई २÷० ले पराजित गर्‍यो ।

    पहिलो खेलमा पनि नेपाल २÷० ले विजयी भएको थियो । नेपालमा लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे ।

    जितसँगै छनोटको समूह ’बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंकसहित तालिकाको चौंथो स्थानमा छ ।

    तालिकामा अष्ट्रेलिया ५ खेलबाट शत्प्रतिशत जितसहित १५ अंक जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा छ । ६ खेलबाट १० अंकको कुवेत दोस्रो तथा ५ खेलबाट १० अंकको जोर्डन तेस्रो स्थानमा छ ।

    अंकविहीन चाइनिज ताइपेइ पुछारमा छ । पाँच टाली सहभागी समूहको शीर्ष तीनमा रहने टिमले एसिया कप छनोटको तेस्रो चरणमा ठाउँ बनाउने छन् ।

    नेपालले एसिया कप छनोटको तेस्रो चरणमा पुग्ने आशा जिवितै राखे पनि बाँकी दुवै खेल जित्नुपर्ने कठिन चुनौती छ ।

    नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अब बाँकी खेलमा थप सजक भएर खेल्ने बताएका छन् ।

    कुवेतको मौसमले भने नेपाली टिमलाई खेल्न सहज नभएको उनले बताएका छन् ।

    उनले चाइनिज ताइपेइविरुद्धको जित कोरोना विरुद्ध लड्न फ्रन्टलाइनमा बसेका स्वास्थ्यकर्मीहरुलाई समर्पण गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij