प्रकाशित मिति : शनिबार, जेष्ठ २२, २०७८
सागर ओली, काठमाडौ। म्याग्दी जिल्लाका बिकास प्रेमी नेता रुद्र बहादुर कार्कीको ७३ बर्षको उमेरमा हिजो काठमाडौको ग्राण्डी अस्पतालमा निधन भएको छ।
उहाँको अघिल्लो महिनामा जलजला खबरले एउटा अन्तरबार्ता गरेको थियो, भिडियो सहित हेर्नुस्।
https://www.facebook.com/311150975894601/videos/462648558393806
उहाँले सक्रिय राजनीति लगातार ४० बर्ष गर्नुभएको थियो। उहाँ जस्तो बिकास प्रेमी नेता थोरै मात्रै हुने जानकारहरुको भनाइ छ।
उहाँको जीबनी सारांस यस्प्रका रहेकोे छ।

म्यादी जिल्ला घतान पंचायत वडा नम्बर ७ मा बि स २००५ सालमा आमा शिव कुमारी र बुबा बिल बहादुर कार्कीका जेठा छोरा रुद्र बहादुर कार्कीको जन्म भएको थियो।
सामान्य गाउँले परिवेश पुरानो जमानामा बिकट जिल्ला म्याग्दीमा जन्मिएका कार्की पढाई अत्यन्तै राम्रो बिद्यार्थीमा पर्नुहुन्थ्यो।
उहाँ बि स २०२४ सालमा म्याग्दी जिल्लाको एस एल सी प्रथम श्रेणीमा पास गर्ने पहिलो विद्यार्थी हुनुहुन्थ्यो।२०२६ सालमा कार्कीले पोखराको पृथ्वीनारायण क्याम्पसबाट आर्ट्स बिषयमा आई ए पास गरि तत्कालीन पंचायती ब्यबस्थामा घतान गाउँ पंचायत वडा नम्बर ७ बाट वडाध्यक्षमा निर्बाचित हुनु भएको थियो ।

बि स २०३३सालमा गाउँ पंचायतको प्रधानपंच निर्बाचीत हुनुभयो ।
बि स २०३५ सालमा जिल्ला पंचायत सदस्य हुनुभएको थियो।

बि स २०३९ सालमा जिल्ला पंचायतका सभापति निर्बाचीत हुनुभएको थियो।२०४३ सालमा पंचायत नीति तथा जाँचबुझ समिति माननीय सदस्यमा तत्कालीन श्री ५ बिरेन्द्र बाट मनोनीत हुनुभएको थियो।
नेपालमा बहुदलीय ब्यबस्था आएपछि राजिनितीबाट अलिकति टाढा बसी सामान्य जीवन ब्यतित गर्नुभएको थियो। तर उहाँको काममा लाई महत्व दिदै तत्कालीन रा प्र पा ले उहाँको ईच्छा नभएपनि फ़ेरि विभिन्न जिम्मेवारी दिएपछि बि स २०४९ देखि बि स २०६१सालसम्म उहाँले विभिन्न पदमा रहि राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहि काम गर्दा आउँनुभएको थियो।
नेपालमा माओवादी जनयुद्ध शुरूवात भएपछी पनि बि स २०५९ सालमा राजा श्री ५ ज्ञानेन्द्रले सम्माननिय राजपरीषदको सदस्यमा नियुक्ति गर्नुभएको थियो।
बि स २०६० सालमा उहाँको घरमा तत्कालीन माओवादीहरुले बम बिष्फोटन गराई ध्वस्त बनाएका थिए।
बि स २०६२ सालमा गलेश्वरमा रहेकोे घरमा आगजनी गरेका थिए।
बि स २०६३ साल माघ ३० गते भएको १२ बुधे सम्झौता पछि म्याग्दी आई घरायसी कामको सिलसिलामा आफन्तको घरमा बसीरहेको अबस्थामा माओवादीका तत्कालीन वाईसेलहरुले एकाएक अपहरणको शैलीमा हिड्नुस सामन्त भन्दै धकेल्दै बसीरहेको घरबाट अन्दाजी २ किलोमीटर टाढा मंगलाघाटमा अनेक प्रकारका टर्चर गर्दै विभिन्न बहानामा रकम असुल्ने उपाय निकाल्न खोजेको, तर कुनै कमिकमजोरी नपाएपछि कार्किलाइ कालोमोसो र जुत्ताको माला लगाएर पुरै बेनी बजारमा परीक्रमा गराएको र तत्काल जिल्ला छोडेर जाने सर्तमा उनीहरुले उहाँलाइ मुक्त गरेको कुरा सुनाउँदै उहाँको बोली रोकिएको थियो।


त्यो घटनापछी एक बर्ष आफ्नो काठमाडौको घरमा बस्दै आउँनुभएका कार्किलाई,प्रकाश बहुउद्देश्यीय उच्च माद्यामिक बिद्यालयले आयोजना गरेको महायज्ञ सफल गराउनका लागि विभिन्न भुमिकामा उहाँको आबस्यकता भएपछि जस्ले कालोमोसो र जुत्ताको माला लगाएर बजारमा घुमाएका थिए,उनिहरु सहित अरु बेनी बासीसमाजसेवीहरु सहितको समूह काठमाडौ गै तपाईं नभएकोले त्यो कार्यक्रम सफल नहुने देखियो सहयोग पनि गर्नुपर्यो र सहभागिता पनि हुनुपर्यो, भनी घरमा गएर अनुरोध गरेकोले उहाँले काठमाडौमा विभिन्न ब्यक्तिहरुलाई फोन गरि भेटी कार्यक्रमका लागि सहयोग गर्न आग्रह गर्बुभएको र फेरि कार्की आफ्नी अर्घाङ्गीनीसहित म्याग्दीको सदरमुकाम बेनी आई कार्यक्रममा सहभागी हुनुभयो र जस्ले कालोमोसो र जुत्ताको माला लगाएर बजारमा घुमाएका थिए,उनिहरुले बेनी बजारमा बग्गीमा राखी फुलमाला सहित बजार परीक्रमा गराएको थिय। उहाँ बिगत १३ बर्ष देखि गलेश्वर धाम म्याग्दीको अध्यक्ष भै अस्तब्यस्त भएको धामलाई ब्यबस्थीत रुपले बिकास गर्दै बिश्व कै अलौकिक तिर्थस्थलको रूपमा बिकास गरि कायापलट गराउँनुको साथै अनाथ असहाय र अशक्त वृद्ध बृध्द्दाहरुलाई गाँस बास र कपासको ब्यबस्थापन गर्दै आउँनु भएको थियो।
उहाँसंग अघिल्लो महिनाको पहिलो साता भएको कुराकानी।
उहाँको अघिल्लो महिनामा जलजला खबरले एउटा अन्तरबार्ता गरेको थियो।म्याग्दीको पर्यटकिय स्थल गलेश्वर धामको बारेमा अध्यक्षको हैसियतले र उहाँले मन्दिरको तर्फबाट सम्मान समेत गर्नुभएको थियो।
उहाँको म्याग्दी जिल्लामा सबै क्षेत्रमा ठुलो योगदान रहेकोे जानकारहरुको भनाइ छ।
अहिलेका राजनीति गर्नेहरुले उहाँको जस्तो समाजमा केही नयाँ गर्न सके समाजमा बिकास हुन्थ्यो कि।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij