आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कोरोना ब्यबस्थापनमा रघुगंगा गाउँपालिका उत्कृष्ट,सुबिधामा पाएको गाडी अध्यक्षले दिए बिरामी ओसारपसारमा।

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २३, २०७८



  • सागर ओली,काठमाडौ।म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकाले अहिलेको विषम परीस्थीतीमा पनि जन्ताहरुलाई राम्रो सेवा दिएको स्थानीयबसीहरुले बताएका छन्।
    गाउँपालिकामा रहेका ८ वटा वडामा सहजीकरण तथा अनुगमन समिति गठन गरि कामको थालनी गरिएको थियो।

    वडास्तरीय स्वास्थकर्मी,शिक्षकहरु,स्थानिय स्तरमा भएका युवा क्लबहरु तथा गैरसरकारी संस्थाहरु ८ ओटै वडामा वडा स्तरीय सहजीकरण तथा अनुगमन समिति गठन गरी कामको थालनी गरिएको प्रमुख प्रशासकीय सुबेदीले बताउँनु भयो।

    अनुगमन समितिले ८ वडामा सबैभन्दा पहिले जनचेतनाका लागि पम्प्लेट र माईकिङ गरेको थियो। कोरोनाको संक्रमण बढन थालेपछि बैशाख २१ गते देखि अस्पताल संचालनमा ल्याईको थियो।वडा नम्बर ३ पिप्लेमा २० वटा आईसोलेसन र वडा नम्बर २ भगवतीमा १० वटा प्री आईलोलेसन तयारीमा राखिएको थियो।वडा नम्बर ३ को अस्पतालका लागि गत कार्तिकमा नै आपतकालीन अबस्थाका लागि २० वटा अक्सिजन सिलिन्डर खरिद गरेर राखिएको थियो भने त्यो अस्पतालमा खटिने गरि १ डाक्टर , २ जना नर्स र १ जना कार्यालय सहयोगी कार्तिक ३ गते नै नियुक्ति गरिएको थियो।

    त्यसैगरी बिरामीको संख्यामा वृद्धि हुन थालेपछि बिरामी र सुसारेका लागि खाना खुवाउने काम सन्तोष युवा क्लब,शिवानी युवा क्लब,रेडक्रसकर्मी पिप्लेबाट खटिएको समूहले गर्दै आएका छन्।सहयोगी मनहरु र गाउँलेहरुले ब्यबस्थापन मिलाएका हुन्।

    अहिलेसम्म बिरामीहरु धेरैमा १८ जना र थोरैमा ५ जना सम्म आईसोलेसनमा बस्दै आएका छन्,आजसम्म संक्रमितको संख्या ३०२ रहेका छन् भने संक्रमण मुक्त भएर घर फर्किनेहरु २२५ रहेका छन्। टोल टोलमा पुगेर लक्षण देखिएका हरु र कन्ट्र्याक्टट्रेसीङ रहेकाहरुलाई खोजीखोजी परीक्षण गर्दै आएको र टोल टोलमा गएर स्वाब ल्याउने २ वटा समूह तयार गरिएको उनीहरुले प्रत्येक दिन लिएर आएको स्वाब परिक्षण गरेर त्यहीँ अनुसारको ब्यबस्थापन मिलाईएको प्रमुख प्रशासकीय अधीकृत अमृत सुबेदीले बताउँनुभयो। जेठ २२ गते गण्डकी प्रदेशकबाट खटिएको द्रुत प्रतिकार्य समूहले रघुगंगा गाउँपालिकामा आई निरिक्षण गरेको र निरीक्षण टोलीको उपस्थितिमा ४५ जनाको स्वाब परिक्षण गर्दा सुन्य रिजल्ट आएको प्र प्र अधिकृत सुबेदीले बताउँनुभयो।

    कोभिड संक्रमित भै भर्ना भएका संक्रमितहरुका लागि निशुल्क भोजनालय स्थापना गरि नेपाल रेड्क्रस सोसाइटी पिप्ले उपशाखा,नव सन्तोष सेवा युवा क्लब,क्रीयटिभ युथ ग्रुप र स्थानीय समुदायहरुले स्वयंसेवकको रूपमा सेवा दिदै आएको र बिरामीको अबस्था हेरेर डाक्टरको सल्लाह अनुसार एलोपेथिक औंषधी निशुल्क र रोग प्रतिरोधात्मक कामका लागि आयुर्वेदिक औषधी निशुल्क दिईएको गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले जानकारी दिनुभयो।

    कोभिड अस्पतालमा २४ सै काम गर्ने ३ वटा समुह खटेको उनीहरुलाई खाईपाई आएको तलबको ५० प्रतिशत थप सुबिधा दिइएको छ।,उनीहरु कोरोनाबाट संक्रमित भएमा २० पोषण भत्ता र उपचार खर्च गाउँपालिकाले ब्यबस्थापन गर्ने अध्यक्ष भण्डारीले बताउँनुभयो।

    गाउँपालिका अध्यक्ष भण्डारीले आफुले सुबिधामा पाएको गाडी समेत बिरामी बोक्ने एम्बुलेन्स बनाउँनु भएको छ र अर्को एउटा् गाडी भाडा लिई दुईवटा गाडीले अहिलेसम्म बिरामी ओसारपसार गरिरहेका छन्। अहिले आईसोलेसनमा ७ जना बिरामीहरु छन्।

    यो संकटको घडीमा गाउँपालिकासंग हातेमालो गरेर सहयोग गर्नुहुने, देश बिदेश रहि गाउँ बस्तीमा सम्झना गरि सहयोग गर्ने साथीहरू,बस्ती बस्तीमा पुगेर अनुगमनमा खटिनुहुने अनुगमन टोली,क्यापिन संचालन गरेर पौस्टिक भोजन गराउनु हुने युवा क्लबहरु र रेडक्रसकर्मी,भवन र खाद्यान्न उपलब्ध गराउनु हुने आमा समुह, सागसब्जी उपलब्ध गराउँनु हुने कृषि फमहरु,चौबीसै घण्टा खटनुहुने अस्पतालका स्वास्थकर्मिहरु र चौबीसै घण्टा बिरामीहरुलाई ओसारपसार गर्नुहुने एम्बुलेन्स चालकहरु, गाउँपालिकाका संपूर्ण कर्मचारी र जनप्रतिनिधिहरुलाई गाउँपालिकाका अध्यक्ष भब बहादुर भण्डारी र प्रमुख प्रशासकीय सुबेदीले धन्यवादका साथै आभार प्रकट गर्नुभएको छ र यस्तै संकटको घडीमा सबैजनाले आ आफ्नो क्षमता अनुसारको सहयोग गरे कहिले पनि कोहीले अकालमा ज्यान गुमाउने छैनन् भन्ने गाउँपालिका अध्यक्ष भण्डारीको भनाई छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij