आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेस क्रियाशील सदस्यता वितरणको विवाद जहाँको तहि , महाधिवेशन हुनेमा अझै शंका

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ३०, २०७८



  • काठमाडौं । एकातिर कोरोना महामारी र जनस्वास्थ, अर्कोतिर पार्टीको १४ औं महाधिवेसन, कांग्रेस गर या मर स्थितीमा पुगेको छ । विधानसम्मत् पार्टीको १४ औं महाधिवेसन करिब डेढ वर्ष अघि नै सक्नुपर्ने कांग्रेसले कानूनी सिमा अर्थात् भदौं १९ भित्र महाधिवेसन गर्ला भन्ने अझै पनि भरपर्दो आधार छैन । कार्यतालिका संसोधन गरे पनि वैकल्पिक महाधिवेसनमा नगइ महाधिवेसन हुने आधार छैन ।

    कांग्रेस महाधिवेसनको मेरुदण्ड क्रियाशील सदस्यता हो । भदौं १० भित्र सक्ने अन्तिम कानूनी अवसर पाएको कांग्रेसले क्रियाशील लफडाले महाधिवेसन कार्यतालिका संशोधन गर्नुपरेको छ । केन्द्रमा ९ दिन र तल्ला तहमा एक महिना महाधिवेसन पर धकेलिएको छ ।

    क्रियाशील सदस्य छानविन समितिले हालसम्म १०१ स्थानबाट मात्र सदस्यता दर्ता भएको विवरण सार्वजनिक गरेको छ । बाँकी १०६ स्थानको सार्वजनिक भएको छैन । विवाद रहेका सिन्धुपाल्चोकमा बल्ल फारम पुगेको छ भने बारा तथा सप्तरीमा दर्ता प्रक्रिया प्रकृया शुरु भएको छैन । बर्दियामा लफडाको जटिलता उस्तै छ । सर्लाहीको विवाद साम्य भएको छैन । १० लाख सदस्यता पुर्‍याउने महत्वाकांक्षामा रहेको कांग्रेसभित्र ८ लाख भन्दा केही बढी मात्र सदस्यता इन्ट्री भएको बुझिएको छ ।

    सदस्यतामा परेको उजुरीहरु उपर छानविन शुरु हुने छाँटकाँट छैन । संशोधित कार्यतालिका अनुसार असार २० गतेभित्र क्रियाशील सदस्यको सम्पूर्ण काम सकेर, २४ गते सभापति शेरवहादुर देउवाले हस्ताक्षर गरेर निर्वाचन समितिलाई बुझाउनुपर्ने हुन्छ । तर, रमेश लेखकको संयोजकत्वमा रहेको ५ सदस्यीय छानविन समितिले कस्तो मापदण्ड बनाएर काम अघि बढाउने भन्ने विषयमा बल्ल छलफल शुरु गरेको छ । त्यसैकारण, विकल्पमा छलफल नगर्ने हो भने कांग्रेसको भदौं १९ मा महाधिवेसन संभव छैन ।

    कांग्रेसले कार्यतालिका संसोधन गरेर वडा तहको अधिवेसनलाई एक महिना पर धकेलेको छ । साउन ६ गते वडा अधिवेसन गर्ने तयारीमा पार्टी देखिन्छ । यस्तै ११ गते गाउँ/नगर अधिवेसन, १६ गते प्रदेश सभा क्षेत्रीय अधिवेसन, २० गते एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेसन तथा २४ गते एकभन्दा बढी निर्वाचन भएको जिल्ला अधिवेसन गर्ने तयारी छ । कांग्रेसले भदौं १ र २ गते प्रदेश तथा भदौं १९ गते केन्द्रीय अधिवेसन सक्ने तयारी गरेको छ । यसबारे असार ३ गते बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्ने छ ।

    जब भयो राती अनि बुढी ताती भन्ने उखान कांग्रेसको आन्तरिक जीवनमा मेल खान्छ । समय हुन्जेल सत्ताको तिकडमवाजीमा लागेका काङ्ग्रेसीहरुले संशोधित मितिमा पनि महाधिवेसन गर्छन् भन्ने आधार नै छैन ।

    कोरोना एउटा वाहाना हो, पदविहीन केही कांग्रेस नेता बाहेक वास्तवमा महाधिवेसनको उत्साहा पदपाएकाहरुमा छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij