आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

रेल सञ्चालनका लागि तयार हुन निर्देशन

  • प्रकाशित मिति : सोमवार, जेष्ठ ३१, २०७८



  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड–१९ महामारी कम भएपछि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने बताएका छन् । सो रेल सेवा सञ्चालनका लागि जनशक्ति र कानुनलगायतका तयारी भइसकेकाले अब सञ्चालनका लागि समस्या नभएको उनले स्पष्ट मन्त्री नेम्वाङको सचिवालयले जनाएको छ ।

    मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयको वार्षिक समीक्षा कार्यक्रमलाई आइतबार भर्चुअल सम्बोधन गर्दै उहाँले कोभिड–१९ को महामारी सामान्य हुनेबित्तिकै रेल सेवा सञ्चालनमा आउने भएकाले तयारी अवस्थामा रहन नेपाल रेल्वे कम्पनीलाई निर्देशनसमेत दिए । उनले भने, “सरकारले गर्नुपर्ने सबै किसिमको सहजीकरण गरिसकेको छ ।”

    रेलमार्ग निर्माणका क्रममा विभिन्न स्थानमा देखिएका जग्गा मुआब्जाको समस्या समाधानका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी समाधान खोज्न रेल विभागलाई निर्देशन दिँदै उनले रेल सञ्चालन हुन लागेको स्थानसम्म पहुँच सडकको निर्माण अघि बढाउनुपर्ने बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij