आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बाँकेका किसानहरु पहिलो पटक चैते धान फलाउन सफल

  • प्रकाशित मिति : सोमवार, जेष्ठ ३१, २०७८



  • काठमाडौं। बाँकेका किसानहरु पहिलो पटक चैते धान उत्पादन गर्न सफल भएका छन् । बर्खे धानभन्दा चैते धान उत्पादनमा दोब्बर बृद्धि भएको किसानहरुले अनुमान गरेका छन् । उत्पादन देखेर गाँउका अन्य किसानहरु पनि अकार्षित भएका छन् ।

    पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर आम मानिसहरुले चिनिने गरेका छन् । बर्दियाका किसानहरु १ दशक अघि देखि चैते धानतर्फ अकार्षित भएपनि उत्पादन लिन सकिरहेका थिएनन् ।

    यो वर्ष भने बाँकेका किसानहरुले चैते धान फलाउन सफल भएका छन् । राष्ट्रिय गौरवको अयोजनाले नहरमा पानी आउन थाले चैते धान लगाउन किसान उत्साही भएका थिए ।
    नहरमा १२ महिना पानी आउन थाले पछि किसानहरुलाई कृषि ज्ञान केन्द्र बाँकेले मल र धानको बिउ उपलब्ध गराएको थियो । चैते धान फलाउन सफल बैजानाथ गाँउपालिका ८ झिंगौराका किसान अजित कुमार सुनारले यो वर्षको परिक्षण सफल भएले अर्को बर्षदेखि थप जमिनमा धान रोप्ने सोच बनाएको बताए ।

    यस्तै कोहलपुर नगरपालिका १५ चौधरिया गाँउका किसान ज्ञान बहादुर नेपालले पनि ११ कट्ठा जमिनमा चैते धान फलाउन सफल भएका छन् । किसान नेपालले असार पहिलो सातासम्म चैते धान थन्काएर बर्षे धान लगाउने तयारी गरेको बताए ।

    परीक्षणको रुपमा हल्दीनाथ-३ र चैते धान-५ नामक धानको खेती गर्नुभएको छ । लामो समयदेखि कृषि पेशामा आबद्ध नेपालले सिक्टा सिँचाईको नहर घर नजिकै पुगेपछि अन्य किसानलाई पनि सिकाई हुने भन्दै चैते धानको खेती गरेको बताए ।

    एक वर्षमै सुरुमा बर्षेधान, त्यसपछि हिउँदमा मसुरो हुँदै चैतमा चैते धान खेती गरेको नेपालले बताए । घर नजिकैको शाखा नहरमा सिक्टा सिँचाइको पानी आउन थालेपछि अन्य खेतीपाती पनि राम्रो हुन थालेको नेपालले बताए ।

    उनले धानको खेती गर्ने जानकारी गराएपछि सिक्टा सिँचाइ आयोजनाबाट प्राप्त हौसला र सहयोगले आफूलाई थप प्रोत्साहन मिलेको बताए । कृषि ज्ञान केन्द्र बाँकेले किसान अजित सुनारलाई प्रोत्साहन गर्न यो बर्ष चैते १ जातको धान उपलब्ध गराएको थियो ।

    धान लगाउनका लागि ज्ञान केन्द्रले किसानलाई निशुल्क परामर्श र मल, बिउ समेत उपलब्ध गराएको कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत दिनेश भट्टराईले बताए । उनले भने , ‘अर्को बर्ष थप किसानहरुलाई चैते धान रोपाईको कार्यक्रम ल्याउँछौ ।’

    किसानहरुले गर्मी हुने ठाँउमा चैते धान फलाएर अन्य किसानहरुलाई उत्पादनमा जोडिन हौसला दिएका छन् । बाँकेमा चैते धान फल्ने खेतमा गँहु, मकै र तरकारीको खेती गर्ने चलन छ । सिक्टा सिंचाई आयोजनाको सिंचित हुने क्षेत्रमा धान उतपादन गरेर किसानहरुलाई बैकल्पिक उत्पादनको बाटो देखाएको छ ।

    आगामी वर्षमा किसानहरुलाई ज्ञान केन्द्रले चैते धान खेती गर्न चाहने किसानहरुलाई निःशुल्क मल र धानको बिउ उपलब्ध गराए चैते धान लगाउने किसानहरुलाई थप हौसला पुग्ने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij