आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तत्काल निषेधाज्ञा नखुल्ने काठमाडौं प्रशासनको भनाइ, सवारी चाप भने ह्वात्तै बढ्यो

  • प्रकाशित मिति : सोमवार, जेष्ठ ३१, २०७८



  • काठमाडौं । जिल्ला प्रशासन कार्यालयले तत्काल निषेधाज्ञा खोल्ने स्थिति नभएको जनाएको छ । असार १ गतदेखि लागू हुने गरी केही खुकुलो बनाउँदै निषेधाज्ञा थप गरेको काठमाडौं प्रशासनले तत्काल निषेधाज्ञा खोल्ने अवस्था नरहेको जनाएको हो ।

     काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९ को संक्रमणदर घटे पनि जोखिम उत्तिकै भएकाले निषेधाज्ञा तत्काल खोल्ने अवस्था नभएको बताउनुभयो । ‘नागरिकको स्वास्थ्य पहिलो कुरा हो,’ उहाँले भन्नुभयो, ‘नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेको तत्काल निषेधाज्ञा खुल्ने अवस्था छैन ।’

    पराजुलीले सार्वजनिक यातायात सञ्चालनको सम्बन्धमा यातायात व्यवसायीसँग बसेर छलफल गर्ने बताउनुभयो । यातायात व्यवसायीहरूले निषेधाज्ञाका कारण बैंकको तिर्न सक्ने अवस्था नरहेकाले गाडीको चाबी बैंकलाई बुझाउने चेतावनी दिइसकेका छन् ।

    कोभिड–१९ संक्रमण बढ्न थाले पछि उपत्यकामा निषेधाज्ञा जारी भएको ४७ दिन पुगिसकेको छ । पछिल्लो पटक असार १ गते देखि लागू हुने गरी निषेधाज्ञा ७ औं पटक थप गरिएको छ । निषेधाज्ञा केही खुकुलो बनाइए पनि सवारी साधन खुला गरिएको छैन । तर, राजधानीको सडकमा सवारी साधनको चाप देख्दा भने निषेधाज्ञा हटे झैँ महसुस हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij