आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक जना पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, असार १, २०७८



  •  धनगढी । कञ्चनपुरमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बालिकामाथि पटक–पटक बलात्कार गरेको आरोपमा कृष्णपुर नगरपालिका–४ गुलरियाका ५३ वर्षीय धनबहादुर गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    गुरुङले बालिकालाई ललाइफकाइ पटक–पटक जबर्जस्ती करणी गर्ने गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

    पक्राउ परेका गुरुङमाथि जबर्जस्ती करणी कसूरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij