आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कपिलवस्तुमा जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, असार १, २०७८



  • काठमाडौ। कपिलवस्तुको गोरुसिंगेमा भएको सवारी दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ।

    तीव्र गतिमा गुडिरहेको जीपको ठक्करबाट प्रहरी जवान रामबहादुर बिसीको ज्यान गएको हो।

    मोटरसाइकलमा गोरुसिंगेबाट पत्थरकोटतर्फ जाँदै गरेका प्रहरी जवान बिसीलाई पत्थरकोटबाट गोरुसिंगेतर्फ आउँदै गरेको लु २ च १५१९ नं. को स्कारपियोले ठक्कर दिएको थियो।

    गोरुसिंगे पत्थरकोट सडकमा भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका बिसीलाई उपचारको लागि तौलिहवा अस्पताल लगिएकोमा अस्पताल नपुर्‍याउँदै निधन भइसकेको गोरुसिंगे प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत बिसी अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं १२ का स्थायी बासिन्दा हुन्।

    उनी मंगलबार अर्घाखाँची घरतर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बिसी सवार मोटरसाइकलको नम्बर भने खुलेको छैन।

    प्रहरीले बिसीलाई ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिई थप कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij