आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

युवा संघले माग्यो ओलीसँग प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट राजीनामा

  • प्रकाशित मिति : मङ्लबार, असार १, २०७८



  • नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालनिकट युवा संघ नेपालको बागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट राजीनामा दिन माग गरेको छ।

    संघले मंगलबार प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीसमक्ष पाँच बुँदामा आफ्ना माग राखेको हो।

    सो मागमध्ये संघले एक पदलाई कायम गर्ने गरी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पदबाट राजीनामा दिन माग गरेको हो।

    युवा संघले ओलीलाई एक पद त्यागेर पार्टीको एकता पक्षमा उभिन र कार्यकर्ताहरूमा पार्टी एकताको सन्देश प्रवाह गर्न माग गरेको छ।

    त्यसैगरी, प्रतिनिधिसभा विघटन गर्नु गलत भएको भन्ने आत्मालोचना गरेर अघि बढ्न समेत माग गरेको वक्तव्यमा उल्लेख छ।

    युवासंघ नेपालले नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटी २०७५ जेठ २ गतेको पार्टी कमिटीलाई क्रियाशील बनाउन माग गरेको छ भने विधि र विधानविपरीत हिँड्नु सर्वनाशको बाटो हुने भन्दै नेताहरूलाई एक ठाउँमा राखेर सो कमिटी ब्युँताएर बैठक बोलाउन भनिएको छ।

    पछिल्लो समय कोरोना भाइरसको महामारीले मुलुक आक्रान्त भएको अवस्थामा सबै नेपालीलाई खोपको व्यवस्था गर्न समेत संघले माग गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij