प्रकाशित मिति : बुधबार, असार २, २०७८
काठमाडौं । औपचारिक रुपमा बर्खा लाग्ने यो दिन लोकप्रिय अभिनेता जीतु नेपालको जन्मदिन हिजो।
कलाकर्मी प्रतिनिधिले अभिनेता नेपाललाई जन्मदिनको शुभकामना व्यक्त गर्न उनको मोबाइलमा सम्पर्क गर्दा उनले आफ्नो उमेरका बारेमा रमाइलो कुरा सुनाएका छन् ।
‘आजदेखि ४५ वर्ष चाहिँ कटेकै हुँ, त्यसपछि भने म आफ्नो उमेरप्रति आफैं कन्फ्यूज छु । म मात्रै होइन, मलाई जन्मदिने आमा पनि कन्फ्यूज हुनुहुन्छ, घरि म ३२ सालमा जन्मिएको भन्नु हुन्छ, घरी ३३ साल भन्नु हुन्छ । जे भए पनि म ४५ वर्ष चाहिँ कटेको चाहिँ पक्का हो ।’
उनै लोकप्रिय अभिनेता जीतु नेपाल आज असार १ गते आफ्नो जन्मदिन मनाए।
दर्शकमाझ मुन्द्रेको उपनामले लोकप्रिय यी अभिनेता पछिल्लो केही वर्षदेखि मुन्द्रेको कमेडी क्लबमा व्यस्त छन् ।
दर्शकले अत्यन्त रुचाएको यो कार्यक्रम नेपाल टेलिभिजनमार्फत प्रसारण हुन्छ ।
सानो पर्दाबाट प्रारम्भ भएको अभिनेता जीतु नेपालको अभिनय यात्रा नेपाली फिल्म हुँदै पुनस् सानो पर्दामै आइपुगेको छ ।
स्ट्याण्ड कमेडीमा जीतुको प्रस्तुतीलाई अब्बल मानिन्छ ।
उनले स्वदेश तथा विदेशका दर्जनौं कार्यक्रममाफृत स्ट्याण्ड कमेडीमापस्ृत दर्शकलाई ह”साइसकेका छन् ।
उनी हरेक विषयमा आफ्ना विचार राख्दै दर्शकलाई हँसाउन सिपालु छन् ।
उनी कुशल निर्देशक तथा लेखक समेत हुन् ।
उनले शिवहरी पौड्यालसंग मिलेर निर्देशन गरेको हास्य श्रृंखला जीर खुर्सानीलई दर्शकले अत्यन्त रुचाएका छन् ।
धर्मपत्नी मुना, छोरी समृति तथा छोरा सक्षमसंग लोकन्थली, भक्तपुरमा बसोबास गर्ने अभिनेता नेपाल बुवा शशिधर नेपाल र आमा योगमाया नेपालको कोखबाट सिन्धुपाल्चोक जिल्लामा जन्मिएका हुन् ।
हिजो जन्मदिनको दिन अभिनेता नेपाललाई सामाजिक सञ्जालमा विभिन्न व्यक्तित्वहरुले शुभकामना दिइरहेका छन् ।
अभिनेता जीतलाई दर्शकले छ एकान छ, छक्का पञ्जा, छक्का पञ्ज २ तथा ३ तथा छ माया छपक्कै चलचित्रमा समेत उत्तिकै रुचाएका छन् ।
उनी यी चलचित्रहरुमा कार्यकारी निर्माताको रुपमा समेत सहभागि भए ।
अभिनेता जीतु नेपाललाई उनका सहकर्मी दीपकराज गिरीले फेसबुकमा आकर्षक शैलीले शुभामना दिएका छन् ।
गिरीले लेखका छन्– ‘तपाईंसंग जे छ, त्यो मसंग छैन ! मसंग भएका तपाईंसंग नहुन सक्छ ! सायद यही एक अर्कोसंग नभएका कुरा अैँचोपैँचो गर्दै, एउटै खोलामा मिसियौँ र बग्दै गयौँ निरन्तर । कहिलेकाहिँ हाम्रा मतभेदका छालहरू एक–अर्कोसंग ठोक्किए पनि हाम्रो गति कहिले रोकिएन र रोकिँदैन पनि । तपाईंलाई ईश्वरले सधैँ उस्तै उर्जाशील र शृजनशील बनाइरहुन् । तपाईंसंग भएका सकारात्मकताले तपाईंमा भएका कमि–कमजोरीलाई परास्त गर्न सकोस् । घर परिवारमा सुख शान्ति रहि रहोस । जय मित्रता । जन्मदिनको लाखौं करौडौं शुभकामना ।’
कलाकर्मी परिवारको तर्फबाट पनि अभिनेता जीतु नेपाललाई जन्मदिनको मुरीका मुरी शुभकामना ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij