प्रकाशित मिति : बुधबार, असार २, २०७८
सागर ओली,दाङ। दाङमा राप्ती नदिमा फसेका ४ जनालाई संयुक्त सुरक्षा फौजले उद्दार गरेको छ, देउखुरी लमही नगरपालिका हसनापुरमा रहेकोे राप्ती नदिमा ४ जना गोठालाहरु फसेका थिए।उनीहरुको उद्दारका लागि नेपाली सेना,नेपाल प्रहरी र ससस्त्र प्रहरीको सयुक्त टोली घटनास्थल पुगेर उद्दार गरेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिनुभएको छ।


पौडेलका अनुसार उनीहरु हिजो बेलुकी देखि राप्ती नदि र एउटा सानो सहायक खोलाको दोभानको बीचमा फसेका हुन।
ऊनीहरु त्यहाँ खेतीपाती हेर्ने र भैंसी चराउने काममा हिजो बिहान गएका थिए। फर्किदा निस्किन नसक्ने भएपछि बिपत ब्यबस्थापन समितिलाई जानकारी आएको थियो।
त्यहाँ फस्नेहरु,लमही नगर पालिका ६ निवासी बर्ष ४७ का मनाराम चौधरी,राजपुर गाउँपालिका वडा नम्बर २ निवासी ४५ बर्षीया साबित्रा यादव,सोही ठाउँ निवासी २६ बर्षीय राधे यादव र राजपुर ३ निवासी २६ बर्षीय गणेश यादव रहेकोे प्र जि अ पौडेलले जानकारी दिनुभयो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij