आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

‘पहिला हुन्छ भनेकी घरबेटीले म कामीकी छोरी हुँ भन्दा कोठा दिन मानिनन्’

  • प्रकाशित मिति : बिहिबार, असार ३, २०७८



  • तनहुँकी २४ वर्षीया रूपा सुनार काठमाडौंको बबरमहलमा आमासँग बस्छिन्। उनीहरूको भाडाको कोठा छ।

    इमेज टेलिभिजनको उकाली-ओराली कार्यक्रमकी प्रस्तोता रूपा पछिल्लो समय कोठा सर्न खोज्दै थिइन्। आमासँग भाडाको कोठा थियो।

    कोरोनाभाइरसको महामारी रोक्न निषेधाज्ञा गरियो। रूपा पनि अरू काम घरबाटै गर्थिन्। कार्यक्रम चलाउन केही समय कार्यालय जान्थिन्।

    आमा-छोरीलाई एउटामात्रै कोठा साँघुरो भएको थियो। त्यही भएर उनी सर्नका लागि कोठा खोजिरहेकी थिइन्। कतै कोठा भेटिए आफूलाई जानकारी दिन साथीहरूलाई भनेकी थिइन्।

    मंगलबार दिउँसो उनकी एकजना साथीले बबरमहलमै कोठा छ हेर्न जाउँ भनिन्। उनीहरू तीन जना भएर कोठा हेर्न गए।

    घरबेटी प्रधान थरका रहेछन्। कोठा हेरेपछि रूपालाई मन पर्‍यो।

    घरबेटीसँग भाडाको कुरा भयो। कुरा मिल्यो। घरबेटीले कोठामा बस्दा राम्रोसँग बस्नु पर्ने बताइन्।

    ‘हल्ला गर्ने, अबेला आउने, मान्छेहरू धेरै ल्याउनेजस्ता काम गर्न पाइन्न,’ घरबेटीले भनेको कुरा उद्धृत गर्दै रूपाले भनिन्,‘आफ्नै छोरीहरूजस्तो लाग्यो मलाई। एउटै घरको मान्छे जस्तो भएर बस्नुपर्छ। बसेपछि भाडामा बस्नेलाई पनि हामीले हेप्नु हुँदैन, भाडामा बस्नेले पनि अरूको घर सम्झेर बस्नुहुँदैन। सबै जना मिलेर बस्नुपर्छ।’

    रूपाले आमालाई पनि एकपल्ट कोठा देखाउन ल्याउने बताइन्।

    त्यत्तिकैमा घरबेटीले थरको कुरा उठाइन्।

    ‘मैले सिधै भनें-म कामीको छोरी हुँ,’ रूपाले भनिन्।

    उनको थर सुनेर घरबेटीले केही बोलिनन्। केहीबेर अघिसम्म मिलेर बस्नुपर्ने भनेकी उनी अकमकिइन्। रूपा र उनकी साथीहरू पनि केही बोल्न सकेनन्।

    त्यसपछि घरबेटीले अनकनाएर भनिन्, ‘तपाईंको नम्बर दिनू न, म तपाईंलाई पछि खबर गर्छु।’

    घरबेटीको कुरा सुनेर रूपाको चित्त दुखिसकेको थियो। तर उनले केही नभएजस्तो गरिन्।

    साथीसँगै उनी कोठामा फर्किइन्।

    घरबेटीले केहीबेरपछि उनकी साथीलाई फोन गरिछन् र कोठा नदिने कुरा सुनाइछन्।

    ‘हामी फर्किएको केहीबेरपछि उहाँले साथीलाई फोन गरेर यस्तो-यस्तो मान्छे पो ल्याउनुभएछ है, मलाई त थाहा भएन। बस्न मिल्दैन भनेर भन्नुभयो,’ उनले भनिन्।

    त्यसपछि रूपालाई यो कुरा आफूमा मात्र सीमित राख्न र चित्त दु:खाएर दबाइरहन मन लागेन।

    त्यसपछि राति उनले दिउँसो आफूले भोगेको घटनाबारे फेसबुकमा भिडिओ पोष्ट गरिन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij