आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इटालीको सहज जित, एक खेल अगावै अन्तिम १६ मा

  • प्रकाशित मिति : शुक्रबार, असार ४, २०७८



  • काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा इटालीले लगातार दोस्रो जित हासिल गर्दै अन्तिम १६ को स्थान पक्का गरेको छ। इटालीको राजधानी रोममा बुधबार राति सम्पन्न खेलमा इटालीले स्विजरल्याण्डलाई ३ – ० गोल अन्तरले पराजित गर्यो।

    घरेलु टोलि इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेली नायक बने। उनकै दुई गोल मद्दतमा इटालीले स्विजरल्याण्डमाथि सहज जित निकाल्यो। इटालीका लागि अर्को गोल सीरो इम्मोबाइलले गरे।

    पहिलो हाफको २६ औं मिनेटमा लोकाटेलीले गोल गर्दै इटालीलाई १ – ० को अग्रता दिलाएका थिए। डोम्यानीको बेर्नाडीले दिएको सुन्दर पासमा लोकाटेलीले गोल गरेका थिए।

    खेलको ५६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लोकाटेलीले टिमको बढक दोब्बर बनाए। उनले पेनाल्टी बक्स बाहिरबाट बटम राईट कर्नरमा आर्कषक गोल गरेका थिए।

    खेलको ८९ औं मिनेटमा सीरो इम्मोबाइलले गोल गर्दै इटालीलाई ३ – ० सहज जित दिलाए।

    दुवै टिमले गोल गर्ने अन्य अवसर बनाए पनि केही अह्म मौकामा गोल गर्न चुके।

    जर्जियो क्लेनीले खेलको १९ औं मिनेटमा गोल गरेका थिए। भीएआर चेकबाट उनले ह्याण्डको सहायताले गोल गरेको भेटिएपछि गोलले मान्यता पाएन।

    ड्यानी स्टेभन जुबेरले ६४ औं मिनेटमा प्रहार गरेको बललाई इटालीका गोलकिपरले उत्कृष्ट बचाउ गरे।

    खेलको ७५ औं मिनेटमा सीरो इम्मोबाइलले पाएको अवसरमा गोल गर्न सकेनन। उनले पेनाल्टी बक्सभित्रबाट खालि पोष्टमा गरेको बल दायाँ पोष्ट नजिकै बाट बाहिरीएको थियो।

    समूह ‘ए’ मा लगातार दोस्रो जित निकालेसँगै इटालीले अन्तिम १६ को स्थान पक्का गरेको छ। समूह चरणको एक खेल अगावै अन्तिम १६ को यात्रा पक्का गरेको हो। दुई खेलमा दुई जितकासाथ ६ अंक जोडेको इटाली समूहको शिर्ष स्थानमा छ।

    पहिलो खेलमा इटालीले टर्कीलाई ३ – ० गोल अन्तरले हराएको थियो।

    हार बेहोरेको स्विजरल्याण्ड १ अंककासाथ तेस्रो स्थानमा छ। स्विजरल्याण्डले पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको थियो।
    यो समूहमा दुई खेलमा ४ अंक जोडेको वेल्स दोस्रो स्थानमा छ भने अंकबिहीन रहेको टर्की अंकतालिकाको पुछारमा छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij