आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बर्दियामा सशस्त्र प्रहरीले सीमा गस्तीको क्रममा लाखौंको सामान सहित २ जना लाई लियो नियन्त्रणमा।

  • प्रकाशित मिति : शनिबार, असार ५, २०७८



  • बिनिता शर्मा,काठमाडौ। बर्दिया जिल्लामा सशस्त्र प्रहरी बल नेपालले सीमा ईलाकामा निगरानी बढाउँदा राम्रो काम गर्न सफल भएको छ। जानकारहरुका अनुसार,बर्दिया जिल्लामा सशस्त्र प्रहरीले पछिल्लो समय शान्ति सुरक्षामा निकै राम्रो गरेको भनाइ छ।

    सशस्त्र प्रहरी बल नेपाल मार्फत सीमा सुरक्षाको चुस्त दुरुस्त व्यवस्थापन गर्ने दिर्घकालिन निति तथा कोभिड-१९ संक्रमण नियन्त्रण¸ अबैध रुपमा सीमावर्ति क्षेत्रमा हुन सक्ने आवत जावत¸ चोरी तस्करी नियन्त्रण गर्दै सीमा सुरक्षालाई चुस्त दुरुस्त तथा प्रभावकारी व्यवस्थापन गर्नको निमित्त  जिल्लाको सीमावर्ति ईलाकामा स्थापित बि.ओ.पि.¸ फर्वाड बेशहरुले सीमावर्ती ईलाकामा हुने अपराधिक गतिबिधिहरु न्युनिकरण गरि शान्ति सुरक्षा प्रदान गर्नुका साथै गैह्र कानुनी क्रियाकलापहरु नियन्त्रण गर्ने क्रममा फेरी पनि भारतबाट चोरी तस्करी गरि अबैध रुपमा नेपाल भित्र्याउदै गरेको मुल्य रु. १,४९,४००।- (एक लाख उनान्नपचास हजार चार सय) बराबरको २ वटा मोटर साईकल, सुतलिको डोरी, कपडा र उक्त कार्यमा संलग्न २ जना व्यक्ति गु.न.पा.-१० बर्दिया बस्ने बर्ष २२ को सचिन बर्मा र  बर्ष १८ को रामु यादवलाई  पक्राउ गरेको छ।

    सामान सहित पक्राउ परेकाहरुलाई आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गणका गणपति नर बहादुर रावतले जलजला खबरलाई जानकारी दिनुभयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij