आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बर्दियामा निषेधाज्ञा एक साता थपियो

  • प्रकाशित मिति : मङ्लबार, असार ८, २०७८



  • बर्दिया, असार ८ । बर्दियामा जारी निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ ।

    जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले असार १४ गतेसम्मका लागि निषेधाज्ञा बढाएको हो ।

    यस अवधिमा सावधानी अपनाउदै दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ७ बजे देखि दिउँसो २ बजे सम्म सञ्चालन गर्न पाइने छ ।

    बैँक तथा वित्तीय संस्था विहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने पाइने जिल्ला प्रशासन कार्यलय बर्दियाका प्रशासकीय अधिकृत नारायण ढकालले बताउनुभयो ।

    त्यस्तै गुल्मीमा निषेधाज्ञा थप खुकुलो बनाइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले थप खुकुलो बनाएर असार १५ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । खाद्यवस्तुका पसलहरु र बैंकहरु दैनिक ८ घण्टा खोल्न पाइने भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij