आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निउरो टिप्न जाँदा …

  • प्रकाशित मिति : बुधबार, असार ९, २०७८



  • भरतपुर । जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा निउरो टिप्न गएका समयमा बाघको आक्रमणबाट सोमबार एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका –५ मगरटोलकी ३२ वर्षीया गीता अधिकारी छिन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नो घर नजिकै रहेको सो वन क्षेत्रमा निउरो टिप्न गएका बेला बाघले आक्रमण गर्दा अधिकारीको मृत्यु भएको हो । अधिकारीको शव समयमा जङ्गलबाट निकाल्न माग गर्दै स्थानीयवासीले प्रदर्शनसमेत गरेका थिए । साथै स्थानीयवासीले निकुञ्जको सौराहा सेक्टर कार्यालयमा तोडफोड र आगजनी गर्दा केही समय सो क्षेत्र तनावग्रस्त बनेको थियो ।

    आज अपराह्न चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोषका कर्मचारीले बाघलाई ‘डट’ गरेर नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । चालु आर्थिक वर्षमा मात्र जिल्लामा चार जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij