आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

साउनदेखि क्यूआर कोडसहितको छुट्टै ड्राइभिङ लाइसेन्स

  • प्रकाशित मिति : शनिबार, असार १२, २०७८



  • काठमाडौं । यातायात व्यवस्था विभागले कोभिडको दोश्रो लहर सुरु भएपछि स्थगित गरेको सवारी चालक अनुमतिपत्रको बितरण पुनः सुरु गर्ने भएको छ ।

    श्रावण महिनाबाट ट्रायल पास गरेको सुरूको एक वर्ष अवधिका लागि क्यूआर कोडसहितको छुट्टै कार्ड जारी गर्न लागिएको हो ।
    यो सँगै विभागले अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्नेछ । ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल अवधिको लागी पिभिसी कार्ड र परीक्षणकाल उत्तीर्ण भएपछि चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र उपल्ब्ध गराउने यातायात ब्यवस्था बिभागका महानिर्देशक नवराज घिमिरे बताउँनुहुन्छ ।

    विभागका महानिर्देशक नवराज घिमिरेले क्यूआर कोडसहितको छुट्टै पीभीसी कार्ड ल्याउन लागेको जानकारी दिँदै यसलाई एक वर्षको परीक्षण अवधिको रुपमा उपयोग गर्न सकिने जानकारी गराउनुभयो । परिक्षण अवधिमा ५ पटक सम्म कारवाहीमा परेको खण्डमा उक्त क्युआर कोड सहितको पिभिसी कार्ड रद्द हुने बिभागका महानिर्देशक घिमिरे बताउँनुहुन्छ । उहाँका अनुसार ट्रायल पास गरेका चालकलाई एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स प्रदान गरिने र त्यस अवधिका लागि क्यूआर कोडसहितको लाइसेन्स प्रदान गरिनेछ ।

    पीभीसी कार्डमा स्मार्ट लाइसेन्सको जस्तो चिप हुँदैन । पीभीसी कार्डमा ‘बार कोड’ हुन्छ । बारकोडमा सवारी चालकको सम्पूर्ण विवरण समावेश गरिएको हुन्छ । प्रहरीले आफ्नो मोबाइल मार्फत बार कोड स्क्यान गर्र्ने बितिकै त्यो अनुमतिपत्र नक्कली हो या सक्कली भन्ने थाहा पाउँछन् भने चालकको सम्पुर्ण बिवरण थाहा पाउन सक्ने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij