आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दाङको टरिगाउँ एयरपोर्टमा इन्धन डिपोको लागि आइपुग्यो रिफिलिङ ट्याङ्की

  • प्रकाशित मिति : शनिबार, असार १२, २०७८



  • लामो समयपछि शनिबार टरिगाउँ एयरपोर्टका लागि रिफिलिङ ट्याङ्की आइपुगेको छ। भारतहुँदै नेपालगञ्ज नाकाबाट ल्याइएको ट्याङ्की शनिबार बिहान तुलसीपुर बजारमा आइपुगेको हो।

    टरिगाउँ विमानस्थलका प्रमुख कैलाश शर्माले रिफिलिङ ट्याङ्की र त्यससँग सम्बन्धित अन्य उपकरणहरू आइपुगेको जानकारी दिए।

    शर्माका अनुसार मुम्बईबाट ल्याइएको यो ट्याङ्की करीब एक डेढ महिना नेपालगञ्ज भन्सार नाकामै रोकिएको थियो।

    इन्धन डिपोका लागि तेल भण्डारण गर्न ठूलो ट्याङ्की र सम्बन्धित उपकरण आएकोले अब प्लेनमा इन्धन भर्न बाउजर लगायतका उपकरण आउन आवश्यक रहेको उनले बताए।

    असार १७ गतेदेखि नेपाल सरकारले आन्तरिक उडान खुला गर्ने घोषणा गरिसकेको छ। टरिगाउँ एयरपोर्टमा हाल नेपाल एरलान्सले दैनिक दुई उडान भर्दै आएको छ।

    हालसम्म दाङ एयरपोर्टमा प्लेनका लागि इन्धन रिफिलिङको सुबिधा थिएन। यसले निजी विमान सञ्चालक कम्पनीहरु थप आकर्षित हुने अपेक्षा गरिएको छ। टरिगाउँ एयरपोर्टको धावनमार्ग बिस्तार हुन सकेमा ठूला बिमानहरू आउन सक्ने र त्यसले भाडा सस्तो हुने देखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij