आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौंमा आजदेखि सार्वजनिक यातायात संचालनमा

  • प्रकाशित मिति : मङ्लबार, असार १५, २०७८



  • काठमाडौं । कोरोनाका कारण लामो समयदेखि रोकिएको सार्वजनिक सवारीका साधनहरु आजदेखि संचालनमा आएका छन्। कोरोनाको दोश्रो लहरले महामारीको रुप लिएपछि सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो।

    काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरुमा जोर विजोर प्रणाली अनुसार आजदेखि सार्वजनिक सवारी साधन संचालनमा आएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

    तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आजदेखि लागु हुने गरी २५ सिट भन्दा बढी भएका सवारी साधनलाई जोर विजोर प्रणालीबाट संचालनमा ल्याउन सकिने आदेश जारी गरेका थिए।

    सार्वजनिक यातायात संचालनमा आए पनि काठमाडौं प्रवेशमा भने कडाइ गरिएको छ। आदेशमा भनिएको छ, ‘अत्यावश्यक सामग्री बोकेका, एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जिल्लाबाट स्वीकृति लिएर आएका बाहेक अन्य सवारी साधनलाई उपत्यका प्रवेशमा रोक लगाइएको छ।’

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij