आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

युरोकपको क्वार्टरफाइनल समीकरण पूरा, शुक्रबार दुई खेल

  • प्रकाशित मिति : बुधबार, असार १६, २०७८



  • एजेन्सी । १६औँ संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

    राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुङ्गो लागेको हो । उक्त खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा पुग्न सफल भयो ।

    यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् । तर, साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता ठूला टीम राउण्ड अफ १६ बाटै बाहिरिएका छन् ।

    अन्तिम आठका खेलहरू शुक्रबारबाट सुरु हुनेछ । शुक्रबार हुने पहिलो खेलमा स्विट्जरल्यान्ड र स्पेन खेल्नेछन् भने सोही दिनको दोस्रो खेलमा बेल्जियम र इटालीबीच प्रतिस्पर्धा हुँदैछ ।

    शनिबारको पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क खेल्दा सोही दिनको दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij