आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

गोरखामा पहिरोमा परेर दुईको मृत्यु, धादिङमा गुडिरहेको ट्रकमाथि पहिरो खस्यो

  • प्रकाशित मिति : शनिबार, असार १९, २०७८



  • गोरखाको सिरानचोकमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका वडा नम्बर ७ मा पहिरोले घर भत्काउँदा एक दम्पतीको मृत्यु भएको हो।

    गएराति स्थानीय ८६ वर्षका दामोदर पाण्डे र उनको पत्नी नन्दकुमारी पान्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

    यसैगरी, धादिङमा गुडिरहेको ट्रक माथिबाट झरेको पहिरोमा पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

    बेनिघाट रोराङ गाउँपालिका-१० स्थित राजमार्गमा ना८ख ४५४० नम्बरको ट्रकका सहचालक चितवन भण्डाराका वीरवल प्रजाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।

    पहिरोमा पुरिएर अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ। मुग्लिनबाट काठमाडौं जाँदै गरेको ट्रकमाथि शनिबार पहिरो खसेको हो।

    पहिरोमा परेर अन्य पाँच वटा सवारीसाधनमा क्षति पुगेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij