आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

युरोकपमा क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदै

  • प्रकाशित मिति : शनिबार, असार १९, २०७८



  • एजेन्सी । युरोकप फुटबलमा आज राति क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।

    पौने १० बजे हुने पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क प्रतिस्पर्धा गर्दैछन् । उनीहरूबीचको खेल अजरबैजानको बाकुमा हुँदैछ ।

    चेक रिपब्लिक र डेनमार्क दुवै टीम जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा हुनेछन् । चेक रिपब्लिकले प्रि–क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई हराउँदा डेनमार्कले वेल्सलाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो ।

    यसैगरी, राति पौने १ बजे हुने खेलमा इंग्ल्यान्ड र युक्रेन भिड्दैछन् । यी दुईबीचको खेल इटालीको रोममा हुनेछ । इंग्ल्यान्ड उपाधि दाबेदार मानिएको जर्मनीलाई पराजित गर्दा युक्रेनले स्विडेनलाई पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो ।

    गएराति भएको खेलमा बेल्जियम र स्विट्जरल्यान्डलाई हराउँदै इटाली र स्पेन सेमिफाइनलमा प्रवेश गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij