प्रकाशित मिति : शनिबार, असार २६, २०७८
धादिङ नीलकण्ठ सव-डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेलविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस मागेको आरोपमा उनीविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
पौडेलविरूद्ध ४० हजार बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि लगेको काठको अनुसन्धान गर्ने भनी कागजात तयार पारेर वन कार्यालयमा लगेपछि मुद्दा मिलाउने भनी उनले ४० हजार घुस लिएको आरोप लागेको थियो।
अख्तियारको टोलीले रंगेहात पक्राउ गरेपछि पौडेलविरूद्ध अनुसन्धान थालिएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij