आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

एक डोज लगाए पुग्ने अमेरिकी खोप भोलि बिहान आइपुग्छ : डा. भट्टराई

  • प्रकाशित मिति : आइतवार, असार २७, २०७८



  • काठमाडौं । अमेरिकाले नेपाललाई प्रदान गरेको जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप सोमबार काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताएका छन् ।

    डा. भट्टराईले अमेरिकाले दिने खोप सोमबार बिहान काठमाडौं आइपुग्ने जानकारी ट्वीटर मार्फत गराएका हुन् । अमेरिकाले कोभ्याक्स मार्फत प्रदान गरेको सो खोप एक डोज लगाए पुग्ने भएकाले सो खोप १५ लाख व्यक्तिलाई लगाउन सकिने उनको भनाइ छ ।

    यसैगरी अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई गरेको अनुरोधका आधारमा ह्वाइट हाउसले १५ लाख मात्रा खोप उपलब्ध गराएको ट्वीटरमा लेखेका छन् ।

    खोप सम्बन्धमा ट्वीट गर्दै अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपाल र अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा आफ्नो लागि अन्यन्तै खुसीको क्षण भएको बताएका छन् । उनले भनेका छन्, ‘अमेरिका सदैव नेपालीहरुको साथमा छ र नेपालको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहने छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij