आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

साउनको दुई गतेपछि पुनः निषेधाज्ञा !

  • प्रकाशित मिति : सोमवार, असार २८, २०७८



  • काठमाडौं । आउने साउन दुई गतेदेखि पुनः निषेधाज्ञा हुन्छ ? यो प्रश्नले सार्वजनिक यातायातमा चर्चा पाइरहन्छ। सर्वसाधारण जम्मा भएको ठाउँमा पनि यो प्रश्नले स्थान पाउँछ। सरकारले कर उठाउनैका लागि मात्र खोलेको हो भन्ने आरोप पनि लाग्ने गरेको छ।

    कोरोना रोकथाम तथा नियत्रण गर्न बनेको विधेयक २०७८ ले डिसीसीएमसीलाई कोरोना नियन्त्रणको जिम्मेवारी दिएको छ। काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २०७८ को बैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा असारको दोश्रो साताबाट स्माट्र निषेधाज्ञा हुँदै खुल्ने क्रममा छ।

    शनिबार पनि बैंकहरु खुल्ला भएपछि पनि कर उठाउनकै लागि पनि निषेधाज्ञा खुलेको आरोपलाई अझ मजबुद् बनाएको छ। सार्वजनिक स्थान र यातायातमा हुने छलफलका बारेमा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला कोरोनाको संक्रमणदर बढेपछि निषेधाज्ञामा जान सकिने तर्फ संकेत गर्छन्।

    कुराकानीमा प्रजिअ निरौलाले भने, ‘कोरोना संक्रमण दर बढ्दै गएपछि निषेधाज्ञा हुन सक्छ। हालसम्म प्रशासनले यस विषयमा छलफल गरेको छैन। हामी असारको ३०/३१ गते बसेर यस विषयमा छलफल गर्छौं।’

    साउनपछि निषेधाज्ञा भएपछि कर उठाउनकै लागि खोलिएको भन्ने संजोगमात्र हुने उनको भनाइ छ। उनले भने, ‘रोग बढेपछि निषेधाज्ञाको विकल्प हुँदैन। तर, असारमा कर उठाउनकै लागि मात्र खोलिएको भन्ने गलत हो। कोरोना संक्रमणदर घटेका कारण हामीले खोलेका थियौं। बढेपछि बन्द गर्नु पर्ने हुनसक्छ। यदि यस्तो भयो भने त्यो संजोगमात्र हुन्छ।’

    कोरोनाको पछिल्लो स्थिति के छ ?

    पछिल्लो समय नेपालमा कोरोनाको संक्रणदर बढ्दो क्रममा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार दुई हजार १ सय बढी संक्रमित थपिएका छन्। मन्त्रालयले सर्वाजनिक गरेको रिपोर्टमा १ हजार ३ सय ५३ जना पीसीआर परीक्षणबाट पोजेटिभ देखिएका थिए भने ८ सय १६ जना एन्टिजेन परीक्षणबाट संक्रमित थपिएका हुन्।

    काठमाडौं उपत्यकाका तीन जिल्लासहित ९ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालया अनुसार प्रदेश १ का मोरङ, झापा र सुनसरी, वाग्मती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र मकवानपुर र गण्डकी प्रदेशको कास्कीमा ५ सय बढी सक्रिय संक्रमित रहेका छन्।

    मन्त्रालयका अनुसार २५ जिल्लामा २ सयदेखि ४सय ९९ सम्म कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने अन्य जिल्लाहरुमा १ देखि १ सय ९९ जनासम्म सक्रिय संक्रमित रहेका छन्। हालसम्म शून्य संक्रमित कुनै पनि जिल्लामा देखिएको छैन।

    काठमाडौंमा जम्मा ५ हजार ३ सय ३५ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै भक्तपुरमा १ हजार २४ र ललितपुरमा १ हजार २ सय २३ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा काठमाडौंमा ३ सय ३ जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ६० जना कोरोनाका संक्रमितहरु थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै पनि कोरोनाको महामारी कम नभएको भन्दै सजग रहन अनुरोध गरेको छ। मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले सामाजिक सञ्जालमा भिडियो राख्दै सुरक्षित रहन आग्रह गरेका छन्।

    निषेधाज्ञापछि अफिस खुलेकाले अफिसजाँदा र घर जाँदा अपनाउनु पर्ने सतर्कता भिडियोबाट जानकारी गराइएको छ। स्वास्थ्यका मापदण्ड सधै अपनाउन् पनि मन्त्रालयले अनुरोध गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij