आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

चितवनमा एमाले कार्यकर्ताले जलाए प्रधानन्यायाधीशको पुत्ला

  • प्रकाशित मिति : सोमवार, असार २८, २०७८



  • चितवनमा नेकपा एमालेका कार्यकर्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला जलाएका छन्।

    नेकपा एमाले निकट युवा तथा विद्यार्थीहरुले भरतपुरको चौबीसकोठीमा भेला भएर जबराको पुत्ला जलाएका हुन्।

    अनेरास्ववियू चितवनको संयोजनमा सोमबार साँझ गरिएको कोणसभा सम्पन्न भए लगत्तै युवा, विद्यार्थीले जबराको पुत्ला जलाएका थिए।

    सो क्रममा उनीहरुले प्रधानन्यायाधीशविरुद्ध चर्का नारा लगाएका थिए।

    कोणसभामा नेकपा एमालेका केन्द्रीय सदस्य कपिलदेव पोखरेल, भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने, विद्यार्थी नेता प्रकाश आचार्यलगायतले बोलेका थिए।

    आजै सर्वोच्च अदालतले दोस्रो पटक संसद् पुनर्स्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको थियो। सो फैसलाविरुद्ध एमाले कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij