आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

साउन १ देखि वीपी प्रतिष्ठानमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक र कर्मचारीको चेतावनी

  • प्रकाशित मिति : बुधबार, असार ३०, २०७८



  • काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, कर्मचारी र विद्यार्थीहरूले माग सम्बोधन नभए साउन १ देखि आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

    प्रतिष्ठानमा भइरहेको अनियमितताविरुद्ध एक महिनादेखि आन्दोलनरत उनीहरूले बुधबार विज्ञप्ति जारी गर्दै साउन १ देखि बिहान ८ देखि १० बजे सम्म आकस्मिक बाहेकका सबै काममा आफूहरू संलग्न नहुने जनाएका हुन् ।

    ४८ घण्टा भित्र प्रधानमन्त्री तहबाटै सचिवस्तरीय वार्ता कमिटी गठन गरी अल्पकालीन र दीर्घकालीन कार्ययोजना सहित वार्तामा सहभागी हुन आग्रह गरेका छन् । विज्ञप्ति मार्फत उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई वीपी कोइराला शुद्धीकरण अभियानका माग सम्बोधन गरी आफ्नो कार्यकाल सुरु गर्नसमेत आग्रह गरेका छन् ।

    प्रतिष्ठानमा भइरहेको अनियमितताको विषयलाई लिएर आन्दोलन सुरु गरेका उनीहरूले उपकुलपति डा. ज्ञानेन्द्र कार्कीको राजीनामा माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij