आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सशस्त्रका डिआइजीको दौडधुप

  • प्रकाशित मिति : बिहिबार, असार ३१, २०७८



  • काठमाडौं । सशक्त प्रहरी बलका आठै बाहिनीका प्रमुखहरुको सरुवाको समय तयारी अघि बढेको छ । बाहिनीपति हुनका लागि डिआइजीहरु शक्तिकेन्द्र धाइरहेका छन् ।

    डिआइजीहरु कमल गिरी, दुर्गा प्रसाद भट्टराई, गणेश ठाडा मगर, कुल बहादुर नेम्वाङ बाहिनीपति हुने दौडमा छन् । आठ बाहिनीमध्ये सुदुरपश्चिम बाहिनी हाल रिक्त छ । हालै बढुवा भएका डिआइजीद्वय कालिदास धौवजी र कुमार न्यौपाने पनि बाहिनीपति हुने दौडमा छन् । सशस्त्रमा केही डिआइजीले दुई पटकसम्म बाहिनीपति भएर काम गरिसकेका छन् । अहिले पनि केही डिआइजी इन्चार्जबाट इन्चार्जमै सरुवा हुने सम्भावना छ । प्रहरी एकेडेमी र स्टाफ कलेजमा पनि डिआइजी इन्चार्ज हुन्छन् । सरुवाका लागि दौडधुप चलिरहेकै बेला सरकार परिवर्तन हुने भएपनि सरुवाको लिष्ट पनि अब हेरफेर हुने सम्भावना छ ।

    सशस्त्रमा सरकारले ध्यान नदिदा प्राविधिक सइबाट भर्ना भएकाहरु बाहिनीपति हुने अवस्था आएको छ । हालै डिआइजीमा बढुवा भएका धौबजी र न्यौपाने नेपाल प्रहरीको प्राबिधिक सइबाट सेवा प्रबेश गरेका हुन् । प्राविधिक सइमा भर्ना भएका बढुवाबाटै डिआइजीसम्म पुग्ने बिरलै घटना भएको छ ।

    अर्काेतर्फ असइबाट भर्ना भएकाहरु एसपी हुने दौडमा छन् । एसपी बढुवा लागि केही दिन अघि प्रकाशित सुचना अनुसार अब नेपाल प्रहरीमा असइबाट सेवा प्रबेश गरेका केही प्राबिधिक पृष्ठभूमिका प्रहरी एसपी बन्नेछन् र उनीहरु नै गणपति बन्ने सम्भावना छ ।

    यसरी असइ र सइमा भर्ना भएकाहरुको नेतृत्वमा रजगज चलिरहंदा इन्सपेक्टरमा भर्ना भएका अधिकृतहरुको भने संगठनमा रुवाबासी छ । इन्सपेक्टरमा भर्ना भएकाहरु १६ वर्षसम्म बढुवा हुन सकेका छैनन् । इन्सपेक्टरमा भर्ना भएका एसपीमै अवकाश हुने अवस्था आउँदा सइमा भर्ना भएका भने डिआइजी भइसकेका छन् । नेतृत्वले ध्यान दिन नसक्दा सशस्त्रको सिंस ७ सम्मका इन्सपेक्टर प्रताडित हुने देखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij