आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उपत्यकाका सिडिओको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी

  • प्रकाशित मिति : बिहिबार, असार ३१, २०७८



  • काठमाडौं उपत्यकाका जिल्ला प्रमुख अधिकारी (सिडिओ)को बैठक बस्दै छ । विहीबार दिउँसो १ बजे काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओबीच निषेधाज्ञाबारे निर्णय लिन बैठक बस्न लागेको हो ।

    काठमाडौंका सिडिओ कालीप्रसाद पराजुली, ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला र भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईबीच साउन १५ गतेसम्म निषेधाज्ञाको थप्ने तयारी भइरहेको छ ।

    काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिँदैछ ।

    यस्तै उपत्यका बाहिर जाने–आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायात पनि खोल्ने विषय छलफल हुने भक्तपुर प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

    यसअघि उपत्यका आउने–जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधनलाई पासको व्यवस्था गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij